दुर्घटनाका कारण विमानस्थलका सबै धावनमार्ग बन्द गरिएको थियो। जसका कारण ४० हजारभन्दा बढी यात्रु प्रभावित भएका छन्।
जापानको टोकियोस्थित हानेदा विमानस्थलमा तटरक्षक विमान र जापान एयरलाइन्स (जेएएल) यात्रुबाहक विमान एकआपसमा ठोक्किएर दुर्घटनाको कारणबारे अनुसन्धान शुरू गरिएको छ।
मंगलबार साँझ दुर्घटनामा पाँच जनाको मृत्यु भएको थियो। विमानस्थलको प्रयोग गरी अवतरण र उडान भर्ने ३०० भन्दा बढी उडान रद्द भएका छन्।
हवाईजहाज, रेल र पानीजहाजमा भएका गम्भीर दुर्घटनाको अनुसन्धान गर्ने सरकारी निकाय जापान यातायात सुरक्षा बोर्डले बुधबार विमानको भग्नावशेष जाँच गरेको छ। बोर्डले सामुद्रिक सुरक्षा गार्डको विमानको फ्लाइट र भ्वाइस रेकर्डर भेट्टाएको जनाएको छ। होक्काइदो प्रान्तको न्यू चिटोस विमानस्थलबाट उडेको जापान एयरलाइन्सको विमानको फ्लाइट र भ्वाइस रेकर्डर भने खोजी भइरहेको अधिकारीहरूलाई उद्धृत गर्दै स्थानीय सञ्चार माध्यमले जनाएका छन्।
“हनेदा एयर ट्राफिक कन्ट्रोलरले दुर्घटना हुनुअघि यात्रुवाहक विमानलाई धावनमार्गमा अवतरण गर्न अनुमति दिएका थिए र कोस्ट गार्ड विमानलाई छोटो समयका लागि धावन मार्गमा पर्खिन निर्देशन दिएका थिए,” जापानको राष्ट्रिय समाचार एजेन्सी क्योदोले भनेको छ।
दुर्घटनाका कारण विमानस्थलका सबै धावनमार्ग बन्द गरिएको थियो। जसका कारण ४० हजारभन्दा बढी यात्रु प्रभावित भए। बुधबार तीनवटा धावनमार्ग खुला गरिए पनि दिनभरि करिब १०० वटा उडान बन्द हुने अनुमान गरिएको छ। जसका कारण १९ हजार यात्रुको यात्रा योजना प्रभावित हुनेछ।
स्थानीय समयअनुसार मंगलबार साँझ ६ बजे एआरएल फ्लाइट ५१६, एयरबस ए–३५० हानेदाको सी–रनवेमा अवतरण गर्ने क्रममा कोस्ट गार्डको विमान एमए–७२२ र बम्बार्डियर ड्यास–८ दुर्घटना हुँदा दुवै विमानमा आगो लागेको थियो।
एमए–७२२ विमानमा सवार चालक दलका छ सदस्यमध्ये पाँच जनाको मृत्यु भएको पुष्टि भएको छ। उम्कन सफल क्याप्टेन गम्भीर घाइते भएका छन्। यात्रुबहाक विमानमा सवार सबै ३६७ यात्रु र चालक दलका १२ सदस्य विमानबाट उम्कन सफल भएका छन्। टोकियोको दमकल विभागका अनुसार दुर्घटनापछि आगो निभाउन आठ घण्टाभन्दा बढी समय लागेको थियो।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
