तीनै तहका संरचनामा इन्जिनियर एवं प्राविधिक जनशक्तिको समुचित परिचालन र व्यवस्थापन आवश्यक रहेको प्रधानमन्त्री दाहालले बताएका छन्।
काठमाडौँ– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले इन्जिनियरहरू राष्ट्र निर्माणका संवाहक भएको बताएका छन्।
बुधबार काठमाडौँमा नेपाल इन्जिनियर्स एसोसिएसनको १६औँ राष्ट्रिय सम्मेलनमा बोल्दै प्रधानमन्त्री दाहालले पूर्वाधार निर्माणमार्फत देशलाई समृद्ध बनाउन इन्जिनियरको भूमिका महत्त्वपूर्ण हुने औँल्याए।
“इन्जिनियर राष्ट्र निर्माणका संवाहक हुन्। यतिबेला विकास निर्माणका काम भइरहेका छन्,” उनले भने, “पूर्वाधार निर्माणमार्फत देशलाई समृद्ध बनाउन, सडक यातायात कलकारखाना ऊर्जा, सूचना प्रविधि, कृषि, पर्यटन आदि सबै क्षेत्रमा प्रगतिको जरुरत छ।”
एसोसिएसन स्टाफ कलेज स्थापनाको प्रयासमा लागिरहेको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले आफू त्यसमा सकारात्मक रहेको बताए। “तपाईँहरूले इन्जिनिरको क्षमता अभिवृद्धि, पेसागत विकास तथा उन्नयनका निम्ति विगत लामो समयदेखि इन्जिनियरिङ स्टाफ कलेज स्थापनामा जोड दिँदै आउनुभएको छ। यो चासो र मागलाई सकारात्मक रूपमा लिएको छु।”
आगामी दिनमा सरकारले आफ्ना गतिविधिलाई पूर्वाधार निर्माणतर्फ लक्षित गर्नुपर्ने भएकाले संघ, प्रदेश र स्थानीय संरचनामा इन्जिनियर एवं प्राविधिक जनशक्तिको समुचित परिचालन र व्यवस्थापन हुन जरुरी रहेकोसमेत उनले बताए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
