६ दिनसम्म लगातार घटेको शेयर बजार बुधबार २७.९० अंकले बढेर दुई हजार ५८ विन्दुमा पुगेको छ। विभिन्न ६ वटा कम्पनीका शेयर १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ।
काठमाडाैँ– शेयर बजार परिसूचक नेप्से बढेको छ। ६ दिनसम्म लगातार घटेको शेयर बजार बुधबार झन्डै २७.९० अंकले बढेर दुई हजार ५८ विन्दुमा पुगेको छ।
नेप्सेसँगै यस दिन कारोबार रकम पनि सामान्य बढेको छ। ३०६ स्टकको ९६ हजार २५२ पटकको कारोबारमा ४ अर्ब ४ करोड ८८ लाख रुपैयाँ बराबरको १ करोड ५ लाख कित्ता शेयर कारोबार भएको छ।
विभिन्न ६ वटा कम्पनीका शेयर १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ। समग्रमा बजार हरियाली भएको दिन लक्ष्मी लघुवित्तको शेयर भने सबैभन्दा धेरै ५.१० प्रतिशतले घटेको छ।
१३ उपसमूहमध्ये जलविद्युत् उपसमूहको परिसूचक सर्वाधिक ३.८ प्रतिशत बढेको छ। होटल तथा पर्यटन, लगानी, उत्पादन तथा प्रशोधन र निर्जीवन बीमा उपसमूहको परिसूचक २ प्रतिशत भन्दा धेरैले बढेको छ भने विकास बैंक, वित्त र अन्य उपसमूहको परिसूचक १ प्रतिशतभन्दा धेरैले बढेको छ।
कारोबार रकमका आधारमा यस दिन सोनापुर मिनरल्स शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन २६ करोड ६३ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ। त्यस्तै, शिवम् सिमेन्ट्सको २३ करोडभन्दा बढीको शेयर खरिदबिक्री भएको छ भने आईएमई लाइफ र एनआरएन इन्फ्रास्ट्रक्चरको कारोबार रकम १५ करोड नाघेको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
