कतार, रोमानियालगायत देशमा आकर्षक तलबको प्रलोभन देखाउँदै ठगी गर्ने गरेको प्रहरीले जनाएको छ।
काठमाडौँ– वैदेशिक रोजगारीमा पठाउने बहानामा लाखौँ रुपैयाँ ठगी गरेको आरोपमा चार जना पक्राउ परेका छन्। रोमानिया पठाइदिन्छु भन्दै २१ लाख ३६ हजार रुपैयाँ ठगी गरेको अभियोगमा दोलखा मेलुङ गाउँपालिका–२ घर भइ काठमाडौँ महानगरपालिका–२४ बांगेमुढा बस्ने ५० वर्षीय ढालबहादुर बुढाथोकी प्रक्राउ परेका छन्।
अभियुक्त बुढाथोकीले १४ जना युवालाई वैदेशिक रोजगारीका लागि रोमानिया पठाइ 'फुड प्याकिङ'मा मासिक एक लाख रुपैयाँ तलब भएको प्रलोभनमा पारी पटकपटक गरेर उक्त रकम ठगी गरेको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ।
यसैगरी कतार पठाइदिन्छु भन्दै दुई लाख ९४ हजार रुपैयाँ ठगी गरेको अभियोगमा सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी नगरपालिका–१ का कैलाश गिरीलाई पक्राउ गरिएको छ। उनले वैदेशिक रोजगारीका लागि कतार पठाइ दिने र मासिक ८० हजार रुपैयाँ तलब दिलाउने भन्दै उक्त रकम ठगेका हुन्।
यसैबीच, स्लोभेनिया पठाइदिने बहानामा दुई लाख ८० हजार रुपैयाँ ठगी गरेको अभियोगमा धादिङका जयराज शाही र गोरखा चुमनुव्री गाउँपालिका–४ की ३५ वर्षीया छिमी सुनिनलाई पक्राउ गरिएको छ। सबै अभियुक्तलाई थप अनुसन्धान तथा कारबाहीको लागि बुधबार वैदेशिक रोजगार विभाग चलान गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
