वीरेन्द्रनगरमा १४ करोड रुपैयाँ लगानीमा जर्मन प्रविधिको ग्यास प्लान्ट स्थापना गरिएको छ। प्लान्टबाट दैनिक ७२० क्विन्टल ग्यास र नौ टन जैविक मल उत्पादन भइरहेको छ।
भेरीगंगा– सुर्खेतको वीरेन्द्रनगरमा फोहोरबाट ग्यास र जैविक मल उत्पादन शुरू भएको छ।
व्यक्तिगत लगानीमा कर्णालीमै पहिलो पटक वीरेन्द्रनगर–११ को सिमलकुनामा फोहोरबाट ग्यास र जैविक उत्पादन गर्न थालिएको हो। वीरेन्द्रनगर–११ का युवा कृष्णप्रसाद ढकालले केपी दुई बिघा जग्गा २० वर्षको लागि भाडामा लिएर फोहोरलाई मोहर बनाउन थालेका हुन्।
नगरपालिकाको सबै फोहोरलाई संकलन गरी ग्यास र जैविक मल उत्पादनको लागि प्रयोग गर्ने गरिएको उनले बताए। १४ करोड रुपैयाँ लगानीमा जर्मन प्रविधिमा ग्यास प्लान्ट स्थापना गरिएको छ। सो रकममध्ये पाँच करोड विश्व बैंकको सहयोग छ।
अहिले तरकारी पसलबाट निस्किने फोहोर मात्रै संकलन गरिरहेका छन्। अब प्रत्येक घरबाट निस्किने फोहोर संकलन गर्ने योजना रहेको उनले बताए। “हामीले नगरपालिकासँग सहयोगको लागि आग्रह गर्यौँ। तर पाएनौँ, अनि आफ्नै ट्याक्टर किनेर फोहोर संकलन गरेर ल्याइरहेका छौँ।”
ग्यास उद्योग प्लान्टबाट अहिले दैनिक ७२० क्विन्टल ग्यास र नौ टन जैविक मल उत्पादन भइरहेको छ। उत्पादित ग्यास खाना पकाउनेसहित सवारी साधन सञ्चालनको लागि पनि प्रयोग गर्न सकिने भएकाले पेट्रोलियम पदार्थको खपतसमेत घट्ने सञ्चालक ढकालको भनाइ छ। “यो ग्यास उत्पादनले सरकारलाई सहयोग पुग्नेछ,” उनले भने, “यो ग्यासले खाना पकाउने मात्रै नभई सवारी साधन चलाउन पनि हुने भएकाले राज्यको वार्षिक १८ करोड रकम जोगिन्छ।”
ग्यास प्लान्ट उद्योगले वातावरणलाई समेत सन्तुलन राख्ने उनको भनाइ छ। ग्यास र जैविक मल उत्पादन गरिरहेको यो उद्योगमा अहिले १९ जनाले प्रत्यक्ष रोजगारी पाएका छन्। उत्पादित ग्यास प्रतिकिलो १४० र मल प्रतिकिलो २५ बिक्री हुँदै आएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
