बुधबार राति भएको फाइनलमा टुलुजविरुद्ध २–० को सहज जित हात पार्दै पीएसजी च्याम्पियन बनेको हो। पीएसजीको जितमा केलियन एम्बाप्पे र ली काङ–इनले गोल गरे।
काठमाडौँ– पेरिस सेन्ट जर्मेन (पीएसजी)ले कीर्तिमानी १२औँ पटक फ्रेन्च सुपर कपको उपाधि जितेको छ।
बुधबार राति भएको फाइनलमा टुलुजविरुद्ध २–० को सहज जित हात पार्दै पीएसजी च्याम्पियन बनेको हो।
यस खेलमा एक गोल गरेका केलियन एमबाप्पे पार्क डेस प्रिन्सेसमा पीएसजीका लागि सर्वाधिक गोल गर्ने खेलाडी बने।
ली काङ–इनले खेलको तेस्रो मिनेटमै गोल गर्दै पीएसजीलाई अग्रता दिलाए। भिटिन्हाको उत्कृष्ट क्रसमा डेम्बेलेले मिलाएको बलमा लीले पोस्ट नजिकबाट गोल गरे। यसै खेलमार्फत ओस्मान डेम्बेले १५ दिन पछि पिचमा फर्किएका थिए ।
४४औँ मिनेटमा एम्बाप्पेले अर्को गोल गर्दै अग्रता दोब्बर पारे यो उनको घरेलु मैदानमा १११औँ गोल थियो ।
ब्राजिलका डिफेन्डर लुकास बेराल्डोले दोस्रो हाफमा पीएसजीबाट डेब्यू गरे। दोस्रो हाफमा दुवै टोलीबाट गोल हुन नसक्दा पीएसजी च्याम्पियन बनेको हो।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
