जिल्ला अदालतबाट हतकडीसहित फरार थुनुवा पक्राउ

बुधबार बिहान जिल्ला अदालत काठमाडौँ परिसरबाट फरार भएका सिन्धुपाल्चोक बाह्रबिसेका कमल खड्का काठमाडौँ–३२ जडीबुटीबाट बिहीबार पक्राउ परेका छन्।

काठमाडौँ– नेपाल प्रहरीले जिल्ला अदालत काठमाडौँ परिसरबाट हतकडीसहित फरार थुनुवालाई पक्राउ गरेको छ।

बुधबार बिहान फरार भएका सिन्धुपाल्चोक बाह्रबिसेका कमल खड्का काठमाडौँ–३२ जडीबुटीबाट बिहीबार पक्राउ परेका हुन्।

प्रहरी वृत्त महाराजगन्जबाट थुनछेक बहसका लागि अदालत लैजाने क्रममा खड्का हतकडीसहित फरार भएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एसपी कुमोद ढुंगेलले बताए। 

डलर देखाएर लुटपाट गरेको अभियोगमा खड्का पक्राउ परेका थिए।