ट्रक ड्राइभरको हडतालका कारण कतिपय ठाउँमा पेट्रोल पम्पमा इन्धनको अभाव भएको छ। यसैबीच अनलाइन फुड डेलिभरी कम्पनी जोम्याटोका डेलिभरी ब्वाइको भिडियो सामाजिक सञ्जालमा भाइरल भइरहेको छ।
भारत हैदराबादका एक डेलिभरी ब्वाइको मोटरसाइकलमा पेट्रोल सकिएपछि उनको दिमागमा अनौठो उपाय फुर्यो। सामाजिक सञ्जालमा भाइरल भइरहेको एक भिडियोमा जोम्याटो डेलिभरी ब्वाइ खाना ढुवानी गर्न घोडामा चढेर गइरहेको देखिन्छ।
त्यहाँको सरकारले 'हिट एन्ड रन'मा नयाँ नियम ल्याएको भन्दै ट्रक र बस चालकको हडतालका कारण सर्वसाधारणलाई निकै समस्या भएको छ। चालकको हडतालका कारण कतिपय ठाउँमा दूध र कतिपय पेट्रोल पम्पमा इन्धनको अभाव भएको छ। यसैबीच अनलाइन फुड डेलिभरी कम्पनी जोम्याटोका डेलिभरी ब्वाइको भिडियो सामाजिक सञ्जालमा भाइरल भइरहेको छ। भारतीय सञ्चारमाध्यमका अनुसार जोम्याटो डेलिभरी ब्वाइले मंगलबार हैदराबादमा अर्डर पुर्याउनको लागि घोडा चढेका थिए।
मानिसहरूले उनको भिडियो बनाएर इन्टरनेटमा शेयर गरेका छन्। गुजरातको पुरानो शहरको चञ्चलगुडा इलाकामा रहेको इम्पेरियल होटल नजिकको सडकमा उनी घोडामा चढेर गइरहेका छन्।
'अरबाज द ग्रेट' नामका एक प्रयोगकर्ताले एक्समा आफ्नो अकाउन्टबाट यो भिडियो शेयर गर्दै क्याप्सनमा लेखेका छन्, "हैदराबादी बोल्नेले जे पनि गर्छ। हैदराबादमा पेट्रोल पम्प बन्द भएका कारण जोम्याटो डेलिभरी ब्वाइ इम्पेरियल होटल नजिकै चञ्चलगुडामा घोडामा खाना पुर्याउन आएका छन्।"
#Hyderabadi Bolde Kuch bhi Kardete ?
— Arbaaz The Great (@ArbaazTheGreat1) January 2, 2024
Due To Closure of #PetrolPumps in Hyderabad, A Zomato Delivery boy came out to deliver food on horse at #Chanchalgudaa near to imperial hotel.#Hyderabad #ZomatoMan #DeliversOnHorse#TruckDriversProtest pic.twitter.com/UUABgUPYc1
स्टक सकिएपछि या त पेट्रोल बैंक बन्द भए वा ग्राहकको लामो लाइन लागेको थियो। यस्तो अवस्थामा ती व्यक्तिले जुगाडको प्रयोग गरेर खाना पुर्याए। भारतको मुम्बईमा सन् २००२ मा पनि यस्तै घटना बाहिर आएको थियो। त्यतिबेला भारी वर्षाको बीचमा मुम्बईमा खाना ढुवानी गर्न एक स्विगी कर्मचारी घोडामा सवार भएका थिए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
