रुस र युक्रेनका लागि श्रम स्वीकृति दिन रोक

हाललाई अर्को व्यवस्था नभएसम्म श्रम स्वीकृति स्थगन गरिएको विभागको भनाइ छ।

काठमाडौँ– सरकारले युद्धग्रस्त देश रुस र युक्रेनका लागि श्रम स्वीकृति दिन रोक लगाएको छ। वैदेशिक रोजगार विभागले बिहीबार एक सूचना जारी गर्दै यी देशमा व्यक्तिगत तथा संस्थागत श्रम स्वीकृति दिन रोक लगाइएको जनाएको हो।

नेपाली नागरिकहरू यी देशमा जाँदा हुनसक्ने थप क्षतिलाई न्यूनीकरण गर्न र यस विषयलाई मध्यनजर गरी हाललाई अर्को व्यवस्था नभएसम्म श्रम स्वीकृति स्थगन गरिएको विभागको भनाइ छ। नेपालीहरू विभिन्न माध्ययम तथा उद्येश्यले रुसमा पुगेर त्यहाँको सेनामा भर्ती भएका छन्।

यसरी भर्ती भएकाहरूमध्ये अहिलेसम्म ९ जनाको निधन भइसकेको परराष्ट्र मन्त्रालयले जनाएको छ। यस्तै ४ जना युक्रेनी सेनाको कब्जामा छन्।