बिहीबार नेप्से ८.७१ अंकले घट्यो, ५ अर्ब ५८ करोडको कारोबार

नेप्सेका अनुसार बिहीबार कालिका पावर कम्पनी, सिंगटी हाइड्रो, नेपाल बेयर हाउस कम्पनीको शेयर मूल्यमा १० प्रतिशतले वृद्धि भएको छ।

काठमाडौँ– धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक बुधबार ८.७१ अंकले ओरालो लागेर २०४९.२८ को बिन्दुमा सीमित भएको छ।

नेपाल स्टक एक्सचेन्जका अनुसार ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ५.१२ अंकले ओरालो लागेर ३७९.१६ मा सीमित भएको छ।

कारोबार भएका १३ उपसमूहमध्ये चार उपसमूहको शेयर मूल्य उकालो लाग्दा नौ उपसमूहको शेयर मूल्यमा भने गिरावट आएको छ। कुल एक करोड ६० लाख ५२ हजार १०१ कित्ता शेयर पाँच अर्ब ५८ करोड ११ लाख सात हजार ८०४ मूल्यमा खरिद बिक्री भएका छन्।

कारोबारका आधारमा सोनापुर मिनरल्स शीर्षस्थानमा छ। सो कम्पनीको ३३ करोड ४५ लाख १५ हजार ६४५ बराबरको शेयर कारोबार भयो।

यस्तै, शिवम् सिमेन्ट १९ करोड ४८ लाख २६ हजार ६८८, माउन्टेन इनर्जी १८ करोड ६४ लाख ८५ हजार ४७३, एनआरएन इन्फास्ट्रचर १६ करोड २९ लाख ३८ हजार ४४४ र युनाइटेड आईडीआई मर्दी आरबी हाइड्रोपावर १५ करोड ६९ लाख तीन हजार ९२६ बराबरको कारोबार भई शीर्ष पाँचभित्र पर्न सफल भएका छन्।

नेप्सेका अनुसार कालिका पावर कम्पनी, सिंगटी हाइड्रो, नेपाल बेयर हाउस कम्पनीको शेयर मूल्यमा १० प्रतिशतले वृद्धि भएको छ। मुक्तिनाथ कृषि कम्पनी ९.९८ र बिन्दबासिनी हाइड्रोपावरका लगानीकर्ताले ९.३१ प्रतिशतले कमाएका छन्।

यस्तै, सिद्धार्थ प्रिमियर इन्स्यारेन्स ६.५६, मन्दकानिकी हाइड्रोपावर ५.८०, नेपाल दूरसञ्चार कम्पनी ५.४५, जानकी फाइनान्स ५.२८ र युनिलिभर नेपालका लगानीकर्ताले ५.०८ प्रतिशतले गुमाएका छन्।

शेयर कारोबार हुने साताको अन्तिम दिनको कारोबारपछि बजार पुँजीकरण ३१ खर्ब ८३ अर्ब ४१ करोड ६९ लाख ४४ हजार ४५९ रुपैयाँ बराबर पुगेको छ।