आईसीसी यू१९ विश्वकपका लागि क्यानले बिहीबार देव खनालको कप्तानीमा १५ सदस्यीय टोलीको घोषणा गरेको छ।
काठमाडौँ– नेपाल क्रिकेट संघ (क्यान)ले आईसीसी यू१९ विश्वकपका लागि नेपाली राष्ट्रिय टोलीको घोषणा भएको छ।
क्यानले बिहीबार देव खनालको कप्तानीमा १५ सदस्यीय टोली घोषणा गरेको हो। यू१९ विश्वकपका लागि घोषणा गरिएको टोलीमा दुर्गेस गुप्ताले अवसर पाएका छन्। यसअघि एशिया कप खेलेका हेमन्त धामी टोलीबाट बाहिरिएका छन्।
टोलीमा देव र दुर्गेसबाहेक विपिन रावल, तिलकराज भन्डारी, आकाश चन्द, अर्जुन कुमाल, आकाश त्रिपाठी र दीपकप्रसाद डुम्रे रहेका छन्। त्यस्तै, गुल्सन झा, दीपेश कँडेल, विशालविक्राम केसी, सुबास भन्डारी, दीपक बोहरा, दिपक बोहरा र उत्तम रंगु थापामगर छन्।
यो पनि – यू१९ विश्वकप: नेपाली टोलीमा परिवर्तनको तयारी, लक्ष्य ‘सुपर सिक्स’
नेपाल जनवरी १९ (माघ ८) देखि दक्षिण अफ्रिकामा हुने यू१९ विश्वकप खेल्न जाँदैछ। प्रतियोगितामा विश्वभरका १६ टोलीले प्रतिस्पर्धा गर्नेछन्।विश्वकपको समूह चरणमा नेपालका प्रतिद्वन्द्वी भारतबाहेक एशिया कपमा खेलेका अफगानिस्तान र पाकिस्तान नै छन्। एशियाबाहिरबाट न्यूजिल्यान्ड मात्र नेपालको प्रतिद्वन्द्वी हुनेछ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
