चितवन–२ मा ३०० मत गणना हुँदा कृष्णभक्तको अग्रता, रवि तेस्रोमा

चितवन-२ मा नेकपा एमालेका कृष्णभक्त पोखरेलले शुरूआती अग्रता लिएका छन् भने राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछाने तेस्रो स्थानमा छन्।

काठमाडौं– चितवन-२ मा नेकपा एमालेका कृष्णभक्त पोखरेलले शुरूआती अग्रता लिएका छन्। 

३ सय मतगणना हुँदा पोखरेलले १५० मत प्राप्त गरेका छन्। दोस्रो स्थानमा नेपाली कांग्रेसका उमेश श्रेष्ठ छन्। गठबन्धनका तर्फबाट उम्मेदवारी दिएका श्रेष्ठले ९७ मत प्राप्त गरेका छन्। 

त्यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछाने तेस्रो स्थानमा छन्। पछिल्लो मतपरिणाम अनुसार उनले २५ मत प्राप्त गरेका छन्।