प्रतिनिधिसभाअन्तर्गत अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा सांसदले बोर्ड अन्तर्राष्ट्रिय बजारीकरणमा रणनीतिक कार्यक्रमका साथ जानुपर्नेमा ठिक विपरीत दिशामा अघि बढेको जनाएका छन्।
काठमाडौँ– सांसदले नेपाल पर्यटन बोर्डको कार्यशैलीमाथि चासो जनाउँदै बोर्डले उद्देश्य विपरीतका कार्यक्रममा महत्त्व दिएको जनाएका छन्।
प्रतिनिधिसभाअन्तर्गत अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बिहीबारको बैठकमा सांसदले बोर्ड अन्तर्राष्ट्रिय बजारीकरणमा रणनीतिक कार्यक्रमका साथ जानुपर्नेमा ठिक विपरीत दिशामा अघि बढेको उल्लेख गरे।
बोर्डका प्रमुख कार्यकारी अधिकृत धनञ्जय रेग्मीको कार्य योजना प्रस्तुतिप्रति उनीहरूले प्रश्न उठाए। सांसद प्रभु साहले बोर्डका नाममा सरकारको लगानी मात्रै खेर गइरहेको बताए।
“तपाईँहरूको पहलबाट कति प्रतिशत पर्यटक बढाउनुभयो?” मानौँ १० लाख पर्यटक नेपाल आए भने नियमित पर्यटक यति हो। पर्यटन बोर्डको कारणले यति प्रतिशत पर्यटक बढायौँ भन्ने कुरा हाम्रो खर्च र त्यसको प्रभावका आधारमा मिल्छ कि मिल्दैन,” उनले भने, “मलाई लाग्छ हामीले पर्यटन बोर्डमार्फत खर्च जति गरिरहेका छौँ त्यो देशलाई घाटै छ।” आफ्नो आरोपको खण्डन गर्न उनले चुनौती दिए।
उनले बोर्डका प्रमुख कार्यकारी अधिकृतको प्रस्तुतिमाथि प्रश्न गरे। “सीईओ साबले आगामी योजनाको जुन प्रपोजल राख्नुभयो त्यो आफैँमा एकांकी, पूर्वाग्राही, साम्प्रदायिक र मनोगत छ। त्यसरी पर्यटनको विकास हुँदैन,” साहले भने।
सांसद वर्षामान पुनले बोर्ड उद्देश्य विपरीत गएको बताए। भूगोल सम्मेलनलगायत अन्य विषयमा खर्च गर्ने गरेको भन्दै बोर्डले आफ्नो मुख्य दायित्वतर्फ केन्द्रित हुनुपर्ने उनको धारणा थियो।
सांसद उदय शमशेर राणाले बोर्डको उद्देश्यमाथि नै प्रश्न गरे। “पर्यटन बोर्डको उद्देश्य के हो? हामी अलिकति उद्देश्य बाहिर गएका छौँ कि छैन भन्ने कुरामा पनि ध्यान दिनुपर्यो,” उनले भने, “बोर्डले बजेटको ६० प्रतिशत रकमले विदेशमा टुरिजम प्रमोट गर्नुपर्छ। त्यो खर्च भएको छ कि छैन?”
सांसद भीमप्रसाद आचार्यले बोर्डलाई समयसापेक्ष नीतिगत सुधार गरी ‘डिजिटल मार्केटिङ’ मा केन्द्रित हुन आग्रह गरे। स्पष्ट पर्यटन रणनीति नभएको जनाउँदै मन्त्री र सचिव फेरिने बित्तिकै योजना तथा कार्यक्रम परिमार्जन हुने प्रवृत्तिले दिगो पर्यटन विकासमा ह्रास आएको उनको भनाइ थियो।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
