प्रधानमन्त्री दाहालले चीनका प्रतिनिधि आएका विषयमा भारतीय विदेशमन्त्री एस जयशंकरले असहमति राखेको भन्ने कुरामा सत्यता नभएको दाबी गरेका छन्।
काठमाडौँ– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भारतसँगको विद्युत् व्यापार सम्झौता नेपालको हितमा रहेको बताएका छन्।
शुक्रबार राज्य व्यवस्था समितिको बैठकमा सांसदले राखेका प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री दाहालले सरकार यो विषयमा गम्भीर र संवेदनशील रहेको उल्लेख गरेका हुन्।
“विद्युत् व्यापारसँग सम्बन्धी जुन हस्ताक्षर भएको छ। राष्ट्रको हितमै छ। निर्माण गर्दा भारतले मात्र गर्ने होइन सरकार यो विषयमा गम्भीर र संवेदनशील छ,” उनले भने, “कुनै पनि देशले लगानी गर्न सक्छन्। जताबाट लगानी भए पनि उत्पादन भएको विद्युत् भारतले लग्ने विषय मात्रै हो।”
यस्तै, प्रधानमन्त्री दाहालले चीनका प्रतिनिधि आएका विषयमा भारतीय विदेशमन्त्री एस जयशंकरले असहमति राखेको भन्ने कुरामा सत्यता नभएको दाबी गरे। बैठकमा सांसद रघुजी पन्तले भारतीय दूतावासले खर्च गर्दै आएको रकम २० करोड पुर्याउने विषय गम्भीर भएको भन्दै प्रधानमन्त्री दाहालको ध्यानाकर्षण गराएका थिए।
“यो गम्भीर विषय हो। राजाको पालामा सूर्यबहादुर थापाले ३ करोडबाट शुरू गरेका थिए। पछि ५ करोड पुर्याइयो। अहिले २० करोड खर्च दिने भन्ने सम्झौता भएको छ,” पन्तले भने, “यसले स्वतन्त्र राष्ट्रको स्वतन्त्रता, अनावश्यक अवाञ्छित राजनीतिक बाह्य हस्तक्षेप बढ्न सक्छ। नेपालको सार्वभौमसत्तामा सम्झौताले असर पार्छ।”
यसको जवाफमा प्रधानमन्त्री दाहालले नेपालस्थित भारतीय दूतावासले २० करोड रुपैयाँसम्मको योजनामा आफूखुशी खर्च गर्न नपाउने स्पष्ट पारे।
“२० करोड सोझै लगानी गर्ने सम्झौता भएको कुरा सत्य हो। ३ हुँदै ५ हुँदै २० करोडसम्म भयो। यस विषयमा मन्त्रिपरिषद्मा लामै छलफल गरेका हौँ,” उनले भने, “जथाभाबी लगानी गर्ने भन्ने होइन। प्रक्रियाबाट गएर मात्र हुन्छ। गाउँपालिका र नगरपालिका हुँदै त्यो प्रक्रिया हुन्छ। यसलाई कसरी व्यवहारिक बनाउन सकिन्छ भनेर सोच्छौँ।”
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
