विद्युत् प्राधिकरणले विद्युत् खरिद बिक्री सम्झौता (पीपीए) गर्न नआएका विभिन्न १५ आयोजनाका प्रवर्द्धकलाई रोलक्रमबाट हटाएको छ।
काठमाडौँ– नेपाल विद्युत् प्राधिकरणले विद्युत् खरिद बिक्री सम्झौता (पीपीए) गर्न नआएका विभिन्न १५ आयोजनाका प्रवर्द्धकलाई रोलक्रमबाट हटाएको छ।
तोकिएको अवधिभित्र निवेदन प्राप्त नभएको, प्राप्त निवेदनमा रितपूर्वक आवश्यक कागजात र दस्ताबेज संलग्न नभएकाले पीपीएको प्रक्रिया अगाडि बढाउन नसकिने प्राधिकरणले जनाएको छ।
आवश्यक कागजात नबुझाएका ती आयोजना अधिकांश नदी प्रवाही प्रकृतिका छन्। विद्युत् व्यापार विभागका अनुसार ती आयोजनाको कुल क्षमता २१५ मेगावाट छ।
प्राधिकरणले माथिल्लो त्रिशूली दोस्रो १०२ मेगावाट, चमेलिया छटिगाड ८५ मेगावाटलगायत आयोजना छन्। ती आयोजनाको प्रवर्द्धकलाई रोलक्रमबाट हटाएपछि प्राधिकरणले ६ वटा आयोजनाका प्रवर्द्धकलाई पीपीए प्रक्रियामा आउन आग्रह गरिएको छ। ती आयोजनाको क्षमता २२८ मेगावाट बराबर छ।
प्राधिकरणले आगामी १५ दिनभित्र प्राधिकरणका सम्पर्क राख्न सूचित गरेको छ। प्राधिकरणको २०७९ माघ २६ गतेको ९३०औँ बैठकले नदी प्रवाही आयोजनाको अधिकतम सीमा ६ हजार ७५० मेगावाट नपुगेसम्म ग्रिड ‘कनेक्सन एग्रिमेन्ट’को रोलक्रमका आधारमा पीपीए गर्ने क्रममा रहेका आयोजनालाई प्राथमिकता दिने निर्णय गरेको थियो।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
