काठमाडौँ उपत्यकामा छिटोभन्दा छिटो मेलम्चीको पानी विवरण गर्न माग गर्दै ललितपुरको पाटनमा उपभोक्ताले रित्ता भाँडा देखाएर प्रदर्शन गरेका छन्।
काठमाडौँ– काठमाडौँ उपत्यकामा छिटोभन्दा छिटो मेलम्चीको पानी वितरण गर्न माग गर्दै उपभोक्ताले प्रदर्शन गरेको छन्।

काठमाडौँ उपत्यका संघर्ष समिति, ललितपुरले मेलम्ची खानेपानी आयोजनामाथिको चलखेल बन्द गर्न र काठमाडौँ उपत्यकामा खानेपानी छोटोभन्दा छोटी पानी वितरण गर्न माग गर्दै पाटन दरबार क्षेत्रमा रित्ता भाँडा देखाउँदै प्रदर्शन गरेको हो।

प्रदर्शनमा सहभागीहरूले ‘मेलम्ची खानेपानी माथिको चलखेल बन्द गर’, ‘मेलम्चीको पानी तुरुन्त खोल’, ‘पानी मारा सरकार मुर्दावाद’ ‘ए सरकार पानी दे’ लगायतका नारा लेखिएका पोस्टर र प्लेकार्डसहित रित्तो गाग्री, बाल्टिनलगायतका भाँडा बोकेर प्रदर्शन गरेका थिए।

यसअघि काठमाडौँ उपत्यका संघर्ष समितिले कोटेश्वर–तीनकुने क्षेत्रमा पनि रित्ता भाँडा देखाउँदै प्रदर्शन गरेको गरेको थियो। बाढीले क्षति पुर्याउने भन्दै वर्खायाम अघि बन्द भएको मेलम्चीको पानी वितरण अझैसम्म सुचारु हुन सकेको छैन।

काठमाडौँ उपत्यकावासीहरूले मेलम्चीमाथिको चलखेल बन्द गरी छिटोभन्दा छिटो पानी ल्याउने व्यवस्था गर्न माग गर्दै सरकारमाथि दबाब दिँदै आएका छन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
