वन तथा वातावरणमन्त्री डा. वीरेन्द्रप्रसाद महतोले नेपालमा जलवायु परिवर्तनसम्बन्धी लगानी भित्र्याउन सक्ने अवस्था नरहेको बताएका छन्।
काठमाडौँ– वन तथा वातावरणमन्त्री डा. वीरेन्द्रप्रसाद महतोले नेपालमा जलवायु परिवर्तनसम्बन्धी लगानी भित्र्याउन सक्ने अवस्था नरहेको बताएका छन्। वन मन्त्रालयमै नेपालमा जलवायु परिवर्तनको असर न्यूनीकरणका लागि आएको बजेट खर्च गर्ने अवस्था नभएकाले सोसम्बन्धी थप लगानी ल्याउने अवस्था नभएको मन्त्री महतोको स्पष्टीकरण थियो।
शुक्रबार काठमाडौँमा आयोजित संयुक्त राष्ट्रसंघको जलवायु परिवर्तनसम्बन्धी २८ औँ सम्मेलन (कोप–२८) को समीक्षात्मक बैठकमा बोल्दै मन्त्री महतोले जलवायु परिवर्तनको असर न्यूनीकरणका लागि लगानी गर्न आफूले आग्रह गर्दा दाताले नेपालमा खर्च गर्न सक्ने क्षमता नै नभएकाले दिन नसकिने जवाफमा दिएको र त्यसले आफूलाई लज्जित बनाएको सुनाए।
“क्लाइमेट चेन्जको नाममा आएको पैसा हामीले कहिले खर्च गर्ने? त्यो खर्च गर्ने मेकानिज्म के हो हामीसँग? पाँच वर्षको प्रोग्रामका लागि आएको पैसा १२ वर्षमा पनि जहाँको त्यहीँ छ। म्याक्सिमम खर्च गर्यो भने तलबमा खर्च गर्यौँ, भत्तामा खर्च गर्यौँ। तर डेभलभमेन्ट सेक्टरमा जुन आएको छ त्यो हामीले छुन पनि सकेनौँ,” उनले भने, “नेपाललाई देखिने गरी गर्नुपर्यो भन्दाखेरि सानो त खर्च गर्न सक्दैनौँ ठूलो त खर्च गर्ने मेकानिज्म नै छैन भन्ने कुरा आइसकेपछि कस्तो लाज लाग्ने कुरा हुन्छ।”
मन्त्री महतोले जलवायु परिवर्तनसम्बन्धी बजेट समयमै खर्च गर्न पनि सम्बन्धित मन्त्रालय र निकायहरूलाई सचेत गराए। उनले कोप–२८ मा नेपालले जलवायु परिवर्तनका कारण भोग्नुपरेको समस्याबारे विश्वलाई जानकारी गराउन सके पनि त्यस्तो सहयोग परिचालन गर्न भने ध्यान दिनुपर्ने बताए।
कार्यक्रममा बोल्दै मन्त्रालयका सचिव डा. दीपककुमार खरालले जलवायु परिवर्तनको असर न्यूनीकरणका लागि सम्बन्धित मन्त्रालय र सबै पक्षबीच सहकार्य गरेर अघि बढ्नुपर्ने आवश्यकता औँल्याए। जलवायु परिवर्तनको असर सबै पक्ष, तह र वर्गमा पुगेकाले यसको असर न्यूनीकरणमा सबैले समान ढंगले चासो दिएर अघि बढ्नुपर्ने उनको भनाइ थियो।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
