सर्लाहीको बरहथवा नगरपालिकामा नगर अस्पताल हस्तान्तरणको विषयलाई लिएर प्रहरी र प्रदर्शनकारीबीच भएको झडपमा एक जनाको मृत्यु भएको छ।
काठमाडौँ– सर्लाहीको बरहथवा नगरपालिकामा प्रहरी र प्रदर्शनकारीबीच झडप हुँदा एक जनाको मृत्यु भएको छ। मृतकको पहिचान खुलिनसकेको जिल्ला प्रशासन कार्यालय सर्लाहीले जनाएको छ।
सर्लाहीका प्रमुख जिल्ला अधिकारी कोमलप्रसाद अधिकारीले स्थानीय र प्रहरीबीचको झडपका क्रममा एक जनाको मृत्यु भएको र अन्य केही घाइते भएको जनाए। “एक जनाको मृत्यु भएको भन्ने कुरा आएको छ। शव स्थानीयले नै कब्जामा राखेकाले थप विवरण प्राप्त हुने क्रममा छ,” उनले भने।
उनले दुई जना स्थानीय र ५/६ जना सुरक्षाकर्मी घाइते भएको जानकारी आफूले पाएको बताए। झडप भएको स्थान सर्लाही सदरमुकामबाट ३० किलोमिटरको दूरीमा रहेको छ।
उनका अनुसार नगर अस्पताल हस्तान्तरणको विषयलाई लिएर उत्पन्न विवादले अवस्था तनावग्रस्त बनेको हो। नगर अस्पताललाई प्रदेश अस्पतालमा हस्तान्तरण गर्ने कि नगर्ने भन्ने विषयमा उत्पन्न विवाद समाधानका लागि डाकिएको बैठक स्थगित भएपछि झडपको स्थिति बनेको थियो।
नगरपालिका प्रमुख कल्पनाकुमारी कटुवालले जारी गरेको सूचनाअनुसार १५ शय्याको नगर अस्पताल मधेश प्रदेशलाई हस्तान्तरण गर्ने विषयमा विवाद देखिएको थियो। विवाद समाधान गर्न शुक्रबार सर्वदलीय बैठक डाकिएको थियो।
सूचनामा शान्तिपूर्ण रूपमा सर्वदलीय बैठकमार्फत समस्याको निकास खोज्ने प्रयास गर्दैगर्दा बजार लगायतका सार्वजनिक यातायात तथा संघसंस्थाहरू बन्द गरी सर्वसाधारण जनताको दैनिक जीवनमा प्रभाव पर्ने गरी आन्दोलनको कार्यक्रम घोषणा गरिकाले बैठक स्थगित गरिएको उल्लेख छ।
बैठक स्थगित गरेलगत्तै आन्दोलनकारीले नगरपालिका कार्यालयमा ढुंगामुढा गरेका थिए। आन्दोलनकारीले नगर प्रमुखको घरमा तोडफोड र एउटा गाडीमा आगजनी गरेका छन्।
तीन दिनअघि पनि विवाद समाधानका लागि बैठक बसेको थियो। सो बैठकले शुक्रबारका लागि सर्वदलीय बैठक बोलाउने निर्णय गरेको थियो। तर केही राजनीतिक दलहरूले संयुक्त रूपमा विज्ञप्ति जारी गरी बैठक प्रभावित पार्ने उद्देश्यसहित शुक्रबार बजार तथा सार्वजनिक यातायात लगायत सम्पूर्ण संघसंस्थाहरू बन्दको आह्वान गरे नगरप्रमुख कटुवालको भनाइ छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
