एमालेले राष्ट्रियसभा निर्वाचनमा सबै सिटमा उम्मेदवारी दिने, भारतीय विदेशमन्त्रीसँगका सम्झौताबारे प्रस्ट पार्न माग
एमालेले भारतीय विदेशमन्त्री एस जयशंकरको नेपाल भ्रमणका क्रममा भएका सम्झौताबारे पार्टीसँग छलफल नगरेको जनाउँदै त्यसबारे स्पष्ट पार्न सरकारसँग माग गरेको छ।
काठमाडौँ– प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले राष्ट्रियसभा निर्वाचनका लागि सबै सिटमा उम्मेदवारी दिने भएको छ। शुक्रबार ललितपुरको च्यासलस्थित पार्टी मुख्यालयमा बसेको पार्टीको केन्द्रीय सचिवालय बैठकले राष्ट्रियसभाको १९ वटा सिटमै उम्मेदवारी दिने निर्णय गरेको हो।
राष्ट्रियसभा सदस्य निर्वाचनका लागि प्रदेश कमिटीबाट सिफारिस भई आएका नामहरूबारे प्रारम्भिक छलफल गर्दै सबै सिटका लागि उम्मेदवारी दिने निर्णय गरिएको पार्टीका महासचिव शंकर पोखरेलले जानकारी दिए। राष्ट्रियसभाको आगामी माघ ११ गते हुने निर्वाचनका लागि यही पुस २३ गते उम्मेदवारी दर्ता गराउने निर्वाचन कार्यतालिका सार्वजनिक भएको छ।
बैठकले ६ जना नेताहरूलाई पार्टीको केन्द्रीय सदस्यमा मनोनीत गरेको छ। प्रदेश कमिटीको अध्यक्षबाट बाहिरिएका कोशी प्रदेशका पाँच जना नेताहरू कोशी प्रदेशका तुलसीप्रसाद न्यौपाने, बागमती प्रदेशका केशवराज पाण्डे, कर्णाली प्रदेशका विनोद शाह, सुदूरपश्चिम प्रदेशका दामोदर भण्डारी र मधेश प्रदेशको राम अवतार यादवलाई एमालेले केन्द्रीय सदस्यमा मनोनीत गरेको हो। लामो समयदेखि पार्टी काममा रहेका झापा जिल्ला कमिटीका अध्यक्ष दीपक कार्कीलाई पनि केन्द्रीय सदस्यमा मनोनीत गर्ने निर्णय भएको पनि महासचिव पोखरेलले बताए।
एमालेले भारतीय विदेशमन्त्री एस जयशंकरको नेपाल भ्रमणका क्रममा भएका सम्झौताबारे पार्टीसँग कुनै छलफल नगरेकोप्रति आपत्ति जनाउँदै त्यसबारे स्पष्ट पार्न पनि सरकारसँग माग गरेको छ।
“राष्ट्रियताको प्रश्नहरूमा सत्तापक्षले चाहिँ प्रतिपक्षलाई विश्वासमा लिएर मात्रै कामहरू गर्नुपर्नेमा त्यो मामिलामा हामीसँग कुनै परामर्श नगरिएको र के के विषयहरूमा सहमति, सम्झौता भए भन्ने कुरा पनि स्पष्ट नपारेको सन्दर्भमा हामीले सरकारका तर्फबाट भएका कमजोरीहरूको आलोचना गर्दै के के विषयहरूमा सहमति, सम्झौता भएका छन्। ती विषयहरूलाई स्पष्ट पार्न माग गर्ने कुरा गरेका छौँ,” उनले भने।
बिहीबार नेपाल आएका भारतीय विदेशमन्त्री जयशंकर नेपाल–भारत संयुक्त आयोगको सातौँ बैठकमा सहभागी हुनुका साथै उच्च राजनीतिक भेटघाट गरेका थिए। उनी शुक्रबार दिउँसो भारत फर्किएका छन्।
एमालेले आफ्नो पार्टीका जनप्रतिनिधिहरूलाई काम गर्ने वातावरण निर्माण गर्न पनि सरकारलाई सचेत गराएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
