कानून न्याय तथा मानवअधिकार समितिले प्रधानमन्त्री दाहालसँग भारतीय विदेशमन्त्री एस जयशंकर नेपाल भ्रमणमा रहेका बेला भारतसँग नेपालले गरेका सम्झौताहरूका विषयमा जानकारी लिने भएको छ।
काठमाडौँ– संसदीय समितिले प्रधानमन्त्री पुष्पकमल दाहाललाई ‘प्रचण्ड’सँग भारतीय विदेशमन्त्री एस जयशंकर नेपाल भ्रमणका बेला भारतीय पक्षसँग नेपालले गरेका सम्झौताहरूका विषयमा जानकारी दिन निर्देशन दिएको छ। शुक्रबार बसेको प्रतिनिधिसभाअन्तर्गतको कानून न्याय तथा मानवअधिकार समितिले यस्तो निर्देशन दिएको हो।
बैठकमा सांसदहरूले दुईदिने नेपाल भ्रमणमा आएका भारतीय विदेशमन्त्रीको नेपाल भ्रमणका क्रममा भएका सम्झौताहरू प्रधानमन्त्री स्वयं समितिमा उपस्थित गराएर जानकारी लिन माग गरेका थिए।
समिति सदस्यहरूको मागअनुसार सभापति विमला सुवेदीले प्रधानमन्त्री र सम्बन्धित मन्त्रालयका मन्त्रीसहित समिति बैठकमा उपस्थित भएर भारतीय विदेशमन्त्री एस जयशंकर आउँदा भारतसँग भएका सम्झौताहरूका विषयमा समितिलाई जानकारी दिन निर्देशन दिइन्।
“दुई दिने नेपालको भ्रमणमा भारतीय विदेशमन्त्री डा. एस जयशंकर आउँदा भारतसँग भएका सम्झौता कानून न्याय तथा मानव अधिकार समितिलाई जानकारी गराउन सम्माननीय प्रधानमन्त्रीज्यू र सम्बन्धित मन्त्रालयमार्फत प्रधानमन्त्रीलाई निर्देशन गर्दछु,” उनले भनिन्।
उनले सरकारले गर्ने अन्तर्राष्ट्रिय सन्धि सम्झौताहरू हेर्ने क्षेत्राधिकार कानून समितिलाई रहेको भन्दै प्रधानमन्त्री र सम्बन्धित मन्त्रालयले समितिमा जानकारी दिनु आवश्यक रहेको बताइन्।
बिहीबार नेपाल आएका भारतीय विदेशमन्त्री जयशंकर नेपाल–भारत संयुक्त आयोगको सातौँ बैठकमा सहभागी हुनुका साथै उच्च राजनीतिक भेटघाट गरेका थिए। उनी शुक्रबार दिउँसो भारत फर्किएका छन्।
उनी नेपालमा रहँदा दुवै देशका अधिकारीहरूबीच भारतले काठमाडौँस्थित भारतीय दूतावासमार्फत २० करोडसम्म खर्च गर्न पाउने, दीर्घकालीन विद्युत् व्यापारसहितका महत्त्वपूर्ण सहमतिहरू भएको थियो।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
