सर्लाहीको बरहथवामा नगर अस्पतालको विषयलाई लिएर शुक्रबार भएको प्रदर्शनमा बरहथवा नगरपालिका– ६ का जयशंकर साहको मृत्यु भएको थियो।
काठमाडौँ– जिल्ला प्रशासन कार्यालय सर्लाहीले बरहथवा क्षेत्रमा लगाएको कर्फ्यु हटाएको छ।
स्थानीय प्रशासनले कर्फ्यु हटाएर शनिबार बिहान आठदेखि २४ घण्टाका लागि निषेधाज्ञा लगाएको हो। निषेधाज्ञाको समयमा भेला हुन, सभा तथा गतिविधि गर्न नपाइने बताइएको छ।
नगरपालिकाको पूर्वमा सीतापुर जाने बाटोको बह्मस्थान, पश्चिममा हजरिया जाने बाटोको नहर, दक्षिणमा हनुमान मन्दिर र उत्तरमा सोती चोर्निया पुलभित्र निषेधाज्ञा लागू हुनेछ।
सर्लाहीको बरहथवामा नगर अस्पतालको विषयलाई लिएर शुक्रबार भएको प्रदर्शनमा बरहथवा नगरपालिका– ६ का जयशंकर साहको मृत्यु भएको थियो।
प्रहरी र स्थानीयबीच भएको झडपमा प्रहरीको गोली लागेर उनको मृत्यु भएको हो। झडप भएको स्थानमा बिहानैदेखि प्रहरी खटिएका छन्।
आफूले गोली चलाउन आदेश नदिएको र के कति कारणले गोली चल्यो भन्नेबारे थप अनुसन्धान भइरहेको सर्लाहीका प्रमुख जिल्ला अधिकारी कोमलप्रसाद धमलाले बताए।

Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
