भारतीय चीजका कारण नेपाली चीजको बिक्रीमा समस्या भएको उद्योगीको गुनासो छ। आफूहरूले उत्पादन गरेको चीज पाँच महिनादेखि उद्योगमै थन्किएको इलामका महेन्द्र प्रधानले बताए।
काठमाडौँ– अवैध रूपमा भित्रिएको भारतीय चीजले नेपालमा उत्पादित चीजको बजार प्रभावित भएको उद्योगीले बताएका छन्।
भारतीय चीज कम गुणस्तरको र सस्तो पर्ने भएकाले नेपाली चीजको बिक्रीमा समस्या भएको नेपाली उद्योगीको गुनासो छ। भारतीय चीजले नेपाली बजार ओगटेको र त्यसलाई रोक्न माग गर्दै उद्योगी इलामबाट मन्त्रीलाई भेट्न काठमाडौँ आएका छन्। पाँच महिनादेखि चिज उद्योगमै थन्किएपछि पूर्वी पहाडी जिल्लाका चीज उद्योगी सिंहदरबार आइपुगेका हुन्। उनीहरूले कृषि तथा पशुपक्षी विकासमन्त्री डा.बेदुराम भुसाल, सचिव रेवतीरमण पौडेललाई ज्ञापनपत्र बुझाएका छन्।
ज्ञापनपत्र बुझाउँदै हिमालय चीज एसोसिएसनका उपाध्यक्ष महेन्द्र प्रधानले चीज बिक्री नहुँदा उद्योग बन्द गर्ने अवस्थामा पुगेको बताए।
सरकारले एकैपटक दूधमा प्रतिलिटर १० रुपैयाँ वृद्धि गर्दा चीजको उत्पादन लागत पनि बढेको इलामको सूर्योदय नगरपालिका–३ स्थित लक्की डेरी उद्योगका संचालक तुलु थिङ तामाङले बताए। आफूहरूले उत्पादन गरेको चीज पाँच महिनादेखि उद्योगमै थन्किएको बताए। इलाम, पाँचथर, ताप्लेजुङमा करिब डेढ दर्जन चीज उद्योग संचालनमा छन्।
“दूधको मूल्यवृद्धि भएपछि उत्पादन भएको चीजको पनि मूल्य वृद्धि गर्न बाध्य भएका छौँ,” तामाङले भने, “बजारमा देखिएका समस्या समाधान गर्न भारतमा अवैध रूपमा आयात भइरहेको दुग्ध पदार्थ रोक्नुपर्छ।”
सूर्योदय नगर उद्योग वाणिज्य संघका सचिव सुजन तिम्सिनाले अन्तर्राष्ट्रिय बजारमा चीज बिक्री गर्न पनि समस्या भइरहेकाले त्यसलाई सहजीकरण गर्न सरकारसँग माग गरे। उत्पादन भएको दुग्धजन्य पदार्थको लामो समयसम्म बिक्री नहुँदा कोल्ड स्टोरको अभाव भएको उनको भनाइ छ।
“उद्योगीले उत्पादन गरेको घ्यू, छुर्पी र चीज बिक्री नभएपछि किसानलाई दूधको मूल्य भुक्तानीमा समस्या छ,” उनले भने। कोल्ड स्टोरको समस्या हुँदा धेरै दुग्धजन्य पदार्थ नष्ट गर्नुपरेको उनले सुनाए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
