यसअघि शनिबार बिहान डा. केसीले विज्ञप्ति प्रकाशित गर्दै विभिन्न मागसहित माइतीघर मण्डलाको ‘कथित’ निषेधित क्षेत्र तोड्ने बताएका थिए।
काठमाडौँ– निषेधित क्षेत्र तोडेको भन्दै प्रहरीले काठमाडौँको माइतीघरबाट डा. गोविन्द केसीसहित ९ जनालाई पक्राउ गरेको छ।
डा. केसीसहित, प्रेम चलाउने, लेनिन विष्ट, पुकार बम, शशीविक्रम कार्कीलगायत पक्राउ परेको केसी निकट सञ्जीव कार्कीले जानकारी दिए।
उनीहरू सशस्त्र द्धन्द्वका पीडितलाई न्याय एवं स्वास्थ्य सेवा र शिक्षामा समान पहुँचलगायत माग राखेर आन्दोलनमा उत्रिएका थिए।
सशस्त्र द्वन्द्वकालमा भएका जघन्य तथा मानवताविरोधी अपराधका दोषीलाई दण्डित गर्दै मृतक, घाइते र बेपत्ताका परिवारलाई न्याय हुने गरी संक्रमणकालीन न्याय प्रक्रिया शीघ्र टुंगोमा पुर्याउनु पर्ने, नागरिकको भेला भएर प्रदर्शन गर्न पाउने संविधान प्रदत्त अधिकार तत्काल फिर्ता गर्नुपर्ने डा. केसीसहितको माग रहेको छ।
माइतीघरमा नारा लगाएर निस्किने बितिकै शनिबार प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएको हो। सुशासनका लागि अभियानले सरकारलाई दबाबमूलक कार्यक्रम आयोजना गरेको थियो।
सोही अभियानमा सहभागी प्रदर्शनकारी पक्राउ परेका हुन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
