भूकम्प गएको दुई महिनामा रूकुमपश्चिमभर १० हजार ४२३ अस्थायी आवास निर्माण भए पनि सबै प्रभावितको अस्थायी आवास निर्माण हुन नसकेको निमित्त प्रमुख जिल्ला अधिकारी प्रवेश बढुवाको भनाइ छ।
रूकुमपश्चिम– गत कात्तिक १७ गते जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु बनाएर गएको भूकम्पले क्षति पुर्याएको रूकुमपश्चिममा अस्थायी आवास निर्माणको काम जारी छ। भूकम्प गएको दुई महिनाभन्दा बढी समय बितिसक्दा पनि सबै भूकम्पपीडित अस्थायी आवासमा सर्न सकेका छैनन्।
अझै पनि भूकम्पपीडित त्रिपालको सहाराले रात काटिरहेका छन्। दुई महिनाको अवधिमा जिल्लाभर १० हजार ४२३ अस्थायी आवास निर्माण सम्पन्न भए पनि सबै पीडितको अस्थायी आवास निर्माण हुन नसकेको निमित्त प्रमुख जिल्ला अधिकारी प्रवेश बढुवाले जानकारी दिए। उनका अनुसार जिल्लाभर सात हजार ८७ अस्थायी आवास निर्माणको चरणमा रहेका छन्। हालसम्म सबैभन्दा बढी सानीभेरी गाउँपालिकामा ४४१ अस्थायी आवास निर्माण सम्पन्न हुँदा सबैभन्दा कम मुसिकोट नगरपालिकामा २४ मात्र निर्माण भएका छन्।
त्यस्तै आठबीसकोट नगरपालिकामा तीन हजार १४, चौरजहारी नगरपालिकामा दुई हजार २८९, त्रिवेणी गाउँपालिकामा ९३८ र बाँफीकोट गाउँपालिकामा ११७ अस्थायी आवास निर्माणको काम सम्पन्न भई लाभग्राही अस्थायी आवासमा बस्न थालेको निमित्त प्रजिअ बढुवाले जानकारी दिए।
हालसम्म जिल्ला विपद् व्यवस्थापन कोषबाट २३ हजार ६०८ लाभग्राहीका लागि स्थानीय विपद् न्यूनीकरण कोषमा २५ हजारका दरले ५९ करोड दुई लाख रुपैयाँ पठाइएको छ। स्थानीय विपद् कोषबाट भने २१ हजार ११५ लाभग्राहीले २५ हजारका दरले ५२ करोड ८१ लाख रुपैयाँ रकम प्राप्त गरेका छन्।
हालसम्म जिल्लाभर २७ हजार ६८२ लाभग्राहीको प्रहरीले लगत संकलन गरेको छ। संकलनको काम अझै जारी रहेकाले लाभग्राहीको संख्या साढे ३० हजार पुग्ने जिल्ला प्रशासन कार्यालयले अनुमान गरेको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
