खेतबारीमा लगाएका अन्न र फलफूल खाएर विनाश गर्ने हात्ती पछिल्लो समय मानिसप्रति आक्रामक बन्दा धेरैले अकालमा ज्यान गुमाउनुपरेको हात्ती संरक्षण अभियानकर्मी शंकर लुइँटेल बताउँछन्।
झापा– जिल्लामा डेढ वर्षको अवधिमा हात्ती आक्रमणबाट १२ जनाको ज्यान गएको छ भने १३ जना घाइते भएका छन्।
घरमा सुतिरहेको अवस्थामा, बिहानको हिँडाइका क्रममा र जंगलमा घाँस दाउरा काट्ने क्रममा हात्ती आक्रमणबाट उनीहरूको ज्यान गएको हो। डिभिजन वन कार्यालयका अधिकृत ऋषि पराजुलीका अनुसार विसं २०८० को वैशाखदेखि हालसम्म एक गैरनेपालीसहित ६ जनाको हात्ती आक्रमणमा ज्यान गएको छ भने ६ जना घाइते भएका थिए। यसैगरी, विसं २०७९ मा सात जनाको मृत्यु र आठ जना घाइते भएको उनले जानकारी दिए।
सोही अवधिमा ६ हात्ती मरेको तथ्यांक वन कार्यालयमा रहेको छ। गत वर्ष तीन र चालु आर्थिक वर्षमा तीन गरी ६ हात्ती मरेका हुन्। डिभिजन वन कार्यालयको तथ्यांकअनुसार २०६८ देखि २०८० पुस २० सम्ममा झापामा ५८ जनाको मृत्यु भइसकेको छ। त्यसमा सात गैरनेपाली पनि छन्। एक दशकमा ७५ जना हात्तीको आक्रमणमा घाइते भएको वन कार्यालयले जनाएको छ।
जिल्लामा चार दशकदेखि मानव र हात्तीबीचको द्वन्द्व निरन्तर छ। चार दशकदेखि गुज्रिरहेको जंगली हात्ती र मानवबीचको द्वन्द्व सिलसिलाबाट अहिले पनि झापा, मोरङ र सुनसरी आक्रान्त छन्। यो अवधिमा कति मानिसको ज्यान गयो भन्ने पूर्ण तथ्यांक उपलब्ध छैन।
मेचीपारी भारतमा महानन्द वन्यजन्तु निकुञ्ज छ। पश्चिम बंगालको वन्यजन्तु संरक्षण गरिने उक्त जंगलमा आसामदेखि आउने हात्तीले वासस्थान बनाउने गरेका छन्। त्यहाँ दिनभर आराम गर्ने हात्तीको बथान साँझ परेपछि आहारको खोजीमा सीमा तरेर बाहुनडाँगी हुँदै नेपाल प्रवेश गर्ने गरेका छन्।
खेतबारीमा लगाएका अन्न र फलफूल खाएर विनाश गर्ने हात्तीले मानिसलाई पछिल्लो समयमा अधिक आक्रमणको निशाना बनाउँदा अकालमा धेरैले ज्यान गुमाउनुपरेको हात्ती संरक्षण अभियानकर्मी शंकर लुइँटेल बताउँछन्। सीमामै हात्ती छेक्न गरिएको अन्तिम उपाय विद्युतीय तारबारले काम गर्न छाडेपछि पछिल्लो समय हुल बाँधेर हात्ती नेपाल प्रवेश गर्न थालेका छन्।
गत कात्तिक १९ गते बाहुनडाँगीको गौडाबाट नेपाल प्रवेश गरेका ३६ हात्तीले हाल मोरङ र सुनसरीमा वितण्डा मच्चाइरहेका छन्। एक दशकयता नेपालकै जंगलमा बस्दै आएका रैथाने हात्तीले मानिसको ज्यान लिने गरेको बुद्धशान्ति गाउँपालिका वडा नं ३ का सीताराम बास्तोलाले बताए। एक्लै र हुलमा हिँड्ने रैथाने हात्ती मानव बस्तीको भित्री भागसम्म पुग्ने गरेका छन्।
सरकारले वन्यजन्तुबाट मानवीय तथा भौतिक क्षति भएमा राहत तथा क्षतिपूर्ति रकम दिने कानूनी व्यवस्था गरेको छ। अधिकांश पीडितले बेलैमा सो रकम नपाएको गुनासो छ। वन्यजन्तुबाट हुने क्षतिको राहत सहयोग निर्देशिका २०७५ मा हात्तीको आक्रमणमा मृत्यु भएको परिवारले रु १० लाख राहत दिने व्यवस्था छ।
सख्त घाइतेको उपचार सम्पूर्ण व्यहोर्ने र सामान्य घाइतेलाई उपचार खर्चबापत २० हजार रुपैयाँसम्म दिने कानूनी व्यवस्था छ। घरगोठ भत्काएको, भण्डारण गरेको अन्नबाली खाएमा र खाद्यबालीमा क्षति पुर्याएको अवस्थामा १० हजार रुपैयाँसम्म क्षतिपूर्ति दिने सरकारी व्यवस्था रहेको डिभिजन वन कार्यालयका अधिकृत पराजुलीले बताए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
