एकीकृत समाजवादीका प्रवक्ता जगन्नाथ खतिवडाले पार्टीका तीन नेतालाई सर्वाधिकार दिई गठबन्धनको बैठकमा पठाउने निर्णय भएको बताए।
काठमाडौँ– सत्तारुढ दल नेकपा एकीकृत समाजवादीले राष्ट्रियसभाको निर्वाचनका लागि उम्मेदवार छान्ने जिम्मा पार्टी अध्यक्ष माधवकुमार नेपालसहित तीन नेतालाई दिएको छ।
शनिबार पार्टी केन्द्रीय कार्यालय, आलोकनगरमा बसेको पार्टीको सचिवालय बैठकले सो निर्णय गरेको पार्टीका प्रवक्ता जगन्नाथ खतिवडाले बताए।
उनले बैठकले राष्ट्रियसभा निर्वाचनका लागि पार्टीले कति सिट, कुन प्रदेशमा र कुन क्लस्टरमा प्राप्त गर्ने भन्ने सम्पूर्ण अधिकार पार्टी अध्यक्ष नेपाल, पार्टी उपाध्यक्ष राजेन्द्र पाण्डे र पार्टी महासचिव घनश्याम भुसाललाई दिएको बताए।
उनले पार्टीका तीन जना नेतालाई सर्वाधिकार दिई गठबन्धनको बैठकमा पठाएको बताए। उनले बैठकमा प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले सत्ता गठबन्धनसँग मागेर सिट प्राप्त गर्न खोज्नु नहुने र प्रतिपक्षकै हिसाबमा बस्नुपर्ने बारेमा पनि छलफल भएको बताए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
