तराईमा हुस्सु, कोशी र गण्डकीका उच्च पहाडी भूभागमा हिमपातको सम्भावना

पहाडी भूभागमा आंशिक बदली रही बाँकी स्थानको मौसम सामान्यतया सफा रहेको छ। तराईका केही स्थानमा हुस्सु र कुहिरो लागेको छ। 

काठमाडौँ– नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। 

पहाडी भूभागमा आंशिक बदली रही बाँकी स्थानको मौसम सामान्यतया सफा रहेको छ। तराईका केही स्थानमा हुस्सु र कुहिरो लागेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। 

दिउँसो कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णालीको पहाडी भूभागमा आंशिक बदली रहनेछ। कोशी र गण्डकीको उच्च पहाडी तथा हिमाली भूभागमा हल्का हिमपात हुनेछ। 

राति, कोशी, गण्डकी र कर्णालीका पहाडी भूभागमा आंशिक बदली रही बाँकी स्थानको मौसम सफा रहनेछ। 

देशभर नै चिसो बढेकाले आवश्यक सावधानी तथा सतर्कता अपनाउन महाशाखाले अनुरोधसमेत गरेको छ।