उपकुलपति छनोट तथा सिफारिस समितिले यसअघि प्रकाशन भएको सूचना रद्द गर्दै त्यसबारे आवश्यक व्यवस्था गरी पछि अर्को सूचना प्रकाशन गर्ने जनाएको छ।
काठमाडौँ– शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले त्रिभुवन विश्वविद्यालयको उपकुलपति नियुक्तिका लागि दरखास्त आह्वान गर्दै गरेको विज्ञापन रद्द गरेको छ।
विज्ञापनमा राखिएको त्रिवि पदाधिकारीको अनुभवसम्बन्धी व्यवस्थामा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नै असहमति राखेपछि शिक्षा मन्त्रालयले गत शुक्रबार प्रकाशित विज्ञापन रद्द गरेको हो। उपकुलपति छनोट तथा सिफारिस समितिले यसअघि प्रकाशन भएको सूचना रद्द गर्दै त्यसबारे आवश्यक व्यवस्था गरी पछि अर्को सूचना प्रकाशन गर्ने जनाएको छ।
समितिले प्रकाशन गरेको सूचनामा उपकुलपतिमा आवेदन दिनका लागि विगतमा कुनै एक पदाधिकारी भइसकेको हुनुपर्ने प्रावधान थियो। त्यस्तो व्यवस्थाबारे सरकारको चर्को आलोचनासमेत भएको थियो।
प्रधानमन्त्री दाहालले सो समितिका संयोजक एवम् शिक्षामन्त्री अशोककुमार राईलाई बोलाएर सूचनामा राखिएको अनुभव सम्बन्धी व्यवस्था हटाउन निर्देशन दिएका थिए।
समितिले शनिबार हाललाई सो सूचना नै रद्द गर्ने निर्णय गरेको हो। अब प्रावधान सच्याएर अर्को विज्ञापन प्रकाशन गर्ने समितिले जनाएको छ।

Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
