बागलुङका जैमिनी, गलकोट, ढोरपाटन, बागलुङ नगरपालिका र काठेखोला गाउँपालिकाले भाडाका घरबाट सेवा प्रवाह गरिरहेका छन्।
ढोरपाटन– बागलुङको विभिन्न पाँच पालिकाले अझै भाडाकै घरबाट कार्यालय सञ्चालन गर्दै आएका छन्। जैमिनी, गलकोट, ढोरपाटन, बागलुङ नगरपालिका सहित काठेखोला गाउँपालिकाले भाडाका घरबाट सेवा प्रवाह गरिरहेका छन्।
निसीखोला, बडिगाड, तमानखोला, ताराखोला र बरेङ गाउँपालिकाको आफ्नै भवन छ। ती मध्ये केही पालिकाले अघिल्लो कार्यकालमै भवन बनाएर सेवा दिन शुरू गरेका थिए भने बडिगाड गत वर्ष आफ्नो भवनमा सरेको थियो। जैमिन, ढोरपाटन र गलकोट नगरपालिकाको प्रशासकीय भवन निर्माणाधीन अवस्थामा छन्।
काठेखोलाको भने अझैसम्म भवन निर्माण शुरूआत भएको छैन। करिब छ वर्षसम्म स्थानीयको विवादका कारण जग्गा व्यवस्थापन हुन नसकेको जनाइएको छ। अघिल्लो वर्ष कार्यपालिकाको बैठकले वडा नं ६ को सामबोटमा भवन निर्माण गर्ने निर्णय गरेको थियो। तर, उक्त स्थान सामुदायिक वन क्षेत्र पर्ने हुँदा बाँकी प्रक्रिया पुर्याइरहेको गाउँपालिकाका अध्यक्ष राजु थापाले जानकारी दिए। सामबोट सामुदायिक वन उपभोक्ता समितिले भवन बनाउन दिने निर्णय गरी मन्त्रालयमा पठाएपछि भवन निर्माणका काम थाल्ने उनको भनाइ छ। भवन निर्माणका लागि माटो परीक्षण गर्ने काम सकिएकाले आगामी आर्थिक वर्षमा भवन निर्माण अगाडि बढ्ने अध्यक्ष थापाले बताए।
ढोरपाटनले पनि अहिलेसम्म भाडाकै घरमा कार्यालय सञ्चालन गर्दै आएको छ। उसले ढोरपाटन–१ को बुर्तिबाङ बजारमै भवन निर्माण गरिरहेको छ। अहिलेसम्म ७५ प्रतिशत काम सम्पन्न भएको नगरपालिकाका सूचना अधिकारी चण्डिराज पौडेलले जानकारी दिए। नगरपालिकाले दुईवटा भवन भाडामा लिएर कार्यालय सञ्चालन गरिरहेको जनाउँदै हरेक महिना मासिक एक लाख ३० हजार भाडा तिरेर कार्यालय सञ्चालन गर्दै आएको उनको भनाइ छ।
गलकोटले पनि भाडाकै घरमा कार्यालय सञ्चालन गरेको छ। गलकोट– ६ स्थित मजुवा फाँटमा करिब १४ करोडको लागतमा प्रशासनिक भवन निर्माण गरिरहेको प्रमुख प्रशासकीय अधिकृत रुद्रनारायण सापकोटाले जानकारी दिए। नगरपालिकाले आठ वटा घर भाडामा लिएर मासिक एक लाख ८० हजार भाडा तिर्दै आएको उनले बताए। भवन २०८१ पुसमा सक्नेगरी सम्झौता भएको जनाइएको छ।
जैमिनीले पनि कुस्मिशेरामा चार घर भाडामा लिएर सेवा प्रवाह गरिरहेको उपप्रमुख हरिहर शर्माले जानकारी दिए। करिब नौ करोड लागतमा कुस्मिशेरा बजार नजिकै भवन बनिरहेको उनको भनाइ छ। हालसम्म ३५ प्रतिशत काम सकिएको जनाइएको छ। नगरपालिकाले मासिक एक लाख ६० हजार घरभाडा तिर्दै आएको छ। निर्माण कम्पनीले सरासर काम सके आगामी वर्ष आफ्नै भवनबाट सेवा शुरू गर्न सकिने उपप्रमुख शर्माको भनाइ छ।
बागलुङ नगरपालिका २०५३ सालमा स्थापना भएको हो। लामो समय बजारमा भाडा तिरेर कार्यालय सञ्चालन गर्यो। बागलुङ–ं ३ स्थित रातमाटामा पक्की भवन बनाएर सेवा प्रवाह गर्दै आएको नगरपालिका आफ्नो कार्यालय छाडेर २०७६ सालमा बागलुङ बजारमा रहेको कृषि ज्ञान केन्द्रको भवनमा सर्यो। हाल सोही कार्यालयबाट सेवा दिँदै आएको छ।
जिल्लाका अन्य नौ पालिका २०७३ सालमा स्थापना भएका थिए। पहिलो पटक जनप्रतिनिधि आएपछि केही पालिकाले पहिलो कार्यकालमै आफ्नै प्रशासनिक भवन बनाएर सेवा सञ्चालन गरे भने केहीले अहिलेसम्म भवन नै बनाउन सकेका छैनन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
