बिर्तामोड–२ स्थित चारपाने चोक र भद्रपुर–४ स्थित झिलिमिली पुल नजिकै भएको दुर्घटनामा दुई जनाको मृत्यु भएको छ।
बनियानी– झापाको भिन्न दुई स्थानमा भएको मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु भएको छ। तीन जना घाइते भएका छन्।
शनिबार राति भद्रपुर–४ स्थित झिलिमिली पुल नजिकै मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा एक जनाको मृत्यु भएको ट्राफिक कार्यालय झापाका प्रमुख प्रहरी निरीक्षक नवराज न्यौपानेले जानकारी दिए।
उत्तरबाट दक्षिणतर्फ जाँदै गरेको मोटरसाइकल सडक छेउको पिलरमा ठोक्किँदा चालक कचनकवल–२ सुकुनाडिकीका ३१ वर्षीय धनपति पाठक र पछाडि सवार सोही स्थानका २८ वर्षीय लेखनाथ दाहाल घाइते भएका थिए। उनीहरूलाई उपचारका लागि बीएन्डसी हस्पिटल बिर्तामोड लगिएको थियो। त्यहाँ उपचारका क्रममा दाहालको मृत्यु भएको हो।
यसैगरी, बिर्तामोड–२ स्थित चारपाने चोकमा शनिबार राति नै बस र मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने दुई जना गम्भीर घाइते भएका छन्। पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको यात्रुवाहक बस र सोही दिशातर्फ जाँदै गरेको मोटरसाइकल ठोक्किँदा मोटरसाइकल चालक कनकाई नगरपालिका–८ का ४४ वर्षीय तोयनाथ उप्रेतीको मृत्यु भएको प्रहरीले जनाएको छ।
तीनजना सवार मोटरसाइकलमा पछाडि बसेका कनकाई–५ का ५९ वर्षीय रविरत्न सिटौला र बाह्रदशी–७ का सागर माझी घाइते भएका छन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
