काठमाडौँ–२ मा शोबिताको शुरूआती अग्रता, ओनसरी तेस्रोमा

काठमाडौँ–२ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी शोबिता गौतमले प्राम्भिक अग्रता लिएकी छन्। उनलाई एमालेका मणिराम फुयाँलले पछ्याइरहेका छन्।

काठमाडौं– काठमाडौँ-२ मा राष्ट्रिय स्वतन्त्र पार्टीले प्रारम्भिक अग्रता लिएको छ।

ताजा मतपरिणामअनुसार रास्वपाकी शोबिता गौतम १६९ मतसहित अगाडि छन्। उनलाई १०९ मतसहित नेकपा एमालेका मणिराम फुयाँलले पछ्याइरहेका छन्। 

सत्ता गठबन्धनबाट उम्मेदवारी दिएकी नेकपा माओवादी केन्द्रकी ओनसरी घर्ती ८१ मतसहित तेस्रो स्थानमा रहँदा राष्ट्रिय स्वतन्त्र पार्टीकी कुन्तीदेवी पोखरेलले ७८ मत प्राप्त गरेकी छन्।