इजरायल–हमास युद्धमा अहिलेसम्म २३ हजारको मृत्यु

गाजाको स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा इजरायली हमलामा २२ प्यालेस्टिनीको मृत्यु भएको छ। 

इजरायल र हमासबीचको युद्धमा परेर अहिलेसम्म २३ हजारभन्दा बढीको मृत्यु भएको छ। युद्धमा दुवै पक्षका गरी २३ हजार मानिसको मृत्यु भएको अन्तर्राष्ट्रिय समाचार माध्यमले जनाएका छन्। 

हमासले सयौँ इजरायली नागरिकलाई बन्धक बनाएको छ। उनीहरूको रिहाइको लागि इजरायलमा मानिसले विरोध प्रदर्शन गरेका छन्।

गाजामा जारी युद्ध अन्त्य गर्न बन्धकका आफन्तले सरकारसँग माग गरेका छन्। आन्दोलनकारीले सरकारविरुद्ध नाराबाजीसमेत गरेका थिए। 

विदेशी सञ्चारमाध्यमले यसलाई सरकारविरुद्ध जनआक्रोश भनेका छन्। स्थानीयले नेतान्याहू र अन्य अधिकारीलाई यस युद्धको लागि दोष दिएका छन्। 

गाजाको स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा इजरायली हमलामा २२ प्यालेस्टिनीको मृत्यु भएको छ।