त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १ किलो ३०० ग्राम सुन बरामद

फ्लाइ दुबईको उडानबाट काठमाडौँ आएकी श्रीलंकाली नागरिक ५४ वर्षीया कान्थी माथी कावस्करलाई सुनसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ। 

काठमाडौँ– त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक किलो ३०० ग्राम अवैध सुनसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ। 

पक्राउ पर्नेमा ५४ वर्षीया श्रीलंकाली नागरिक कान्थी माथी कावस्कर रहेको अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयका प्रमुख डीआईजी अर्जुन चन्दले जानकारी दिए। 

उनी फ्लाइ दुबईको उडान नम्बर एफजेड ५७३ बाट शनिबार राति १ बजे काठमाडौँ आएकी थिइन्। 

यस विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।