आइतबार नेप्से परिसूचक १.२८ प्रतिशतले घटेर २०२२.९२ को विन्दुमा कायम भएको छ।
काठमाडौँ– नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा २६.३६ अंकको गिरावट देखिएको छ। कारोबारको पहिलो दिन आइतबार नेप्से परिसूचक १.२८ प्रतिशतले घटेर २०२२.९२ को विन्दुमा कायम भएको हो।
आइतबार ३०४ कम्पनीको एक करोड ५२ लाख ६८ हजार ३९९ कित्ता शेयर ९८ हजार ६३२ पटक खरिदबिक्री हुँदा पाँच अर्ब २४ करोड १४ लाख आठ हजार ३७९ रुपैयाँ बराबरको कारोबार भएको छ।
जलविद्युत् समूहको उपसूचक १.३ प्रतिशतले बढ्दा अरू सबै समूहको उपसूचक घटेका छन्। सबैभन्दा धेरै जीवन बीमा समूह २.४० र व्यापार समूह २.१४ प्रतिशतले घटेका हुन्। आइतबारको कारोबारमा तेह्रथुम पावर कम्पनी लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागको छ।
सबैभन्दा धेरै गुमाउनेमा भने मानुषी लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्य ६.६९ प्रतिशतले घटेको छ। कारोबार रकम र कारोबार भएका शेयर संख्याका आधारमा सबैभन्दा धेरै सोनापुर मिनरल्स एन्ड आयल लिमिटेडको २८ करोड ५६ हजार ४०४ रुपैयाँ बराबरको पाँच लाख ५७ हजार १५९ कित्ता शेयर किनबेच भएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
