नेकपा माओवादी केन्द्रले राष्ट्रियसभा सदस्यको निर्वाचनका लागि उम्मेदवार टुंगो लगाएको छ।
काठमाडौँ– नेकपा माओवादी केन्द्रले राष्ट्रियसभा सदस्यको निर्वाचनका लागि उम्मेदवार टुंगो लगाएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार बसेको पार्टीको पदाधिकारी बैठकले उम्मेदवार टुंगो लगाएको हो।
माओवादी केन्द्रका सचिव देवेन्द्र पौडेलका अनुसार कोशी प्रदेशबाट चम्पादेवी कार्की, बागमती प्रदेशमा श्रीकृष्ण अधिकारी, गण्डकी प्रदेशमा मनरूपा शर्मा, लुम्बिनी प्रदेशमा झक्कु सुवेदी, कर्णाली प्रदेशमा विष्णु विश्वकर्मा र सुदूरपश्चिम प्रदेशमा रेणु चन्दलाई उम्मेदवार बनाउने निर्णय भएको छ।
सत्ता गठबन्धनको आइतबार बसेको बैठकले संयुक्त रूपमा उम्मेदवार उठाउने निर्णय गर्दै सिट बाँडफाँट गरेको थियो। सोही बाँडफाँटमा माओवादी केन्द्रको भागमा ६ सिट परेको थियो। सत्तागठबन्धनको बैठकलगत्तै बसेको पदाधिकारी बैठकले उम्मेदवार तय गरेको हो।
राष्ट्रियसभा सदस्यका लागि सोमबार मनोनयन दर्ता हुँदैछ। आगामी माघ ११ गते राष्ट्रियसभा सदस्यको रिक्त १९ सदस्यका लागि निर्वाचन हुँदैछ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
