राष्ट्रियसभा निर्वाचन : एमालेले टुंग्यायो उम्मेदवारको नाम

नेकपा एमालेले राष्ट्रियसभा सदस्यको निर्वाचनका लागि उम्मेदवारको टुंगो लगाएको छ।

काठमाडौँ– प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले राष्ट्रियसभा सदस्यको निर्वाचनका लागि उम्मेदवारको टुंगो लगाएको छ। राष्ट्रियसभा सदस्य निर्वाचनका लागि एमालेले १९ उम्मेदवारको नाम तय गरेको छ।

एमाले महासचिव शंकर पोखरेलका अनुसार कोशी प्रदेशमा महिलाबाट रुक्मिणी कोइराला अन्यबाट पर्शुराम अधिकारी, मधेशमा महिलाबाट उषादेवी थरुनी, अन्यबाट डा. अर्जुनकुमार सिंह राजपुत रहेका छन्।

त्यस्तै, बागमती प्रदेशमा महिलाबाट रोचकुमारी चौलागाईं, अन्यबाट त्रिलोचन निर्मल पौडेल, अपांगता/अल्पसंख्यकबाट विवेक देवकोटा र दलितबाट ध्रुवराज विश्वकर्मा रहेका छन्।

त्यस्तै, गण्डकीमा महिलाबाट सम्झना देवकोटा, अन्यबाट चक्रबहादुर पराजुली, अपांगता/अल्पसंख्यकबाट हेमचन्द्र शेरचन, लुम्बिनीमा महिलाबाट तुलसाकुमारी केसी र अन्यबाट झपेन्द्रबहादुर घर्ती क्षेत्री रहेका छन्।

त्यस्तै, कर्णालीमा महिलाबाट विमलाकुमारी शाही, अन्यबाट डिल्लीप्रसाद भट्ट, दलितबाट हिक्मत विक, सुदूरपश्चिममा महिलाबाट सावित्रादेवी घिमिरे, अन्यबाट ईश्वरप्रसाद खरेल र अपांगता/अल्पसंख्यकबाट रामचन्द्र जोशी रहेका छन्।

राष्ट्रियसभा सदस्यको रिक्त १९ सदस्यका लागि सोमबार मनोनयन दर्ता हुँदैछ। आगामी माघ ११ गते राष्ट्रियसभा सदस्यको निर्वाचन हुँदैछ।