पश्चिमी वायुको आंशिक प्रभाव, तराईमा हुस्सु र कुहिरो

हाल देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको छ।

काठमाडाैँ– हाल देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको छ। तराईका केही स्थानमा हुस्सु तथा कुहिरो लागेको माैसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार सोमबार दिउँसो कोशी, बागमती, गण्डकी र कर्णाली  प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी  भूभागमा मौसम मुख्यतया सफा रहनेछ। यस्तै राति, कोशी र गण्डकी प्रदेशको पहाडी भूभागमा  आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ।

हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको माैसम पूर्वानुमान महाशाखाले जनाएको छ।