आफ्नो उक्त लक्ष्य प्राप्तिको लागि ३८ हजार अमेरिकी डलर खर्च भइसकेको बताएका छन्। अबको लक्ष्य के छ भन्ने प्रश्नमा उनी भन्छन्, 'अब मलाई जागिर चाहिएको छ।'
क्यानडाका बेन पोब्जोयले एक वर्षमा २४२ वटा म्याराथन दौडेका छन्। धेरै म्याराथन दौडेको विश्व कीर्तिमान राख्ने उद्देश्यका साथ बेन आफ्नो जागिर नै छाडेर दौडिन शुरु गरेका थिए। सन् २०२३ मा उनले ७० देशका २४२ वटा म्याराथन दौडेका छन्।
अहिलेसम्म एक वर्षमै धेरै म्याराथन दौडेको कीर्तिमानी अमेरिकाका ल्यारी म्याकनको छ। उनले सन् २०१२ मा २३९ म्याराथन दौडेर विश्व कीर्तिमानी कायम गरेका थिए। बेनले विश्व कीर्तिमानीको लागि गिनिज वर्ल्ड रेकर्डमा आवेदन दिएका छन्। ल्यारी म्याकनको कीर्तिमानी अब बेनको पोल्टामा जाने निश्चित भएको रनर्स वर्ल्डले लेखेको छ।
उनको दौडको यात्रा दक्षिण अमेरिका, क्यारिबियन, उत्तर अमेरिका, युरोप, अफ्रिका, मध्य पूर्व र एशिया भर ७ हजार माइल भन्दा बढी फैलिएको थियो। क्यानडा तथा मंगोलियामा माइनस २० डिग्री तापक्रमको सामना पनि गरे। साथै माल्टामा अत्याधिक गर्मी भएको उनले बताएका छन्।

बेनले २०२२ को अगस्टमा एक विज्ञापन कम्पनीमा कार्यकारी निर्देशकको आकर्षक जागिर छाडेका थिए। कोरोना महामारीपछि आफ्नो सोच विचार परिवर्तन भएको उनले बताएका छन्।
“महामारीले मलाई साँच्चै देखाएको छ कि, संसार एक हप्तामा उथलपुथल हुन सक्छ। मैले आफ्नो जीवनलाई पुनः प्राथमिकतामा राख्न बाध्य महसुस गरेँ जसले मलाई आनन्दित बनाउँछ, जुन यात्रा र ट्रेकिङ हो,” उनले अघिल्लो वर्षको जनवरी १२ मा सीबीसी रेडियोको मेट्रो मर्निङसँगको कुराकानीमा भनेका थिए।
उनले आफ्नो उक्त लक्ष्य प्राप्तिको लागि ३८ हजार अमेरिकी डलर खर्च भइसकेको बताएका छन्। अबको लक्ष्य के छ भन्ने प्रश्नमा उनी भन्छन्, “अब मलाई जागिर चाहिएको छ।” तर म्याराथन दौड मात्रै अन्तिम साहसिक यात्रा नभएको उनी बताउँछन्।
“आगामी समयले कस्तो प्रकारको साहसिक यात्रा गर्न प्रेरित गर्ने हो त्यसबारे म उत्सुक छु,” उनी भन्छन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
