नेपाल विद्युत् प्राधिकरणमार्फत देशभर ६२ चार्जिङ स्टेसन निर्माण गरिएको छ। केही स्टेसनमा समस्या देखिएको छ।
भरतपुर– चितवनको इच्छाकामना गाउँपालिका–५ स्थित मुग्लिन बजारमा रहेको विद्युतीय सवारी ‘चार्जिङ स्टेसन’ मर्मत नहुँदा सेवाग्राही समस्यामा परेका छन्।
झण्डै दुई महिनादेखि यहाँ रहेको चार्जिङ स्टेसन बिग्रेको हो। सञ्चालनमा आएको एक वर्ष नबित्दै चार्जिङ स्टेसनमा ‘चार्ज’ गर्ने ‘नोजल’ फुट्नुका साथै स्टेसनका दुई डीसी चार्जर बिग्रेको जनाइएको छ। हाल एउटा एसी चार्जर मात्र सञ्चालनमा छ।
एसी चार्जरबाट सवारीसाधन चार्ज गर्दा ढिलो हुन्छ। गाडी चार्ज गर्न पुगेका गोरखाका ध्रुव गुरुङले चार्जिङ स्टेसन बिग्रँदा हैरानी बेहोर्नुपरेको गुनासो पोखे। उनले एसी चार्जरबाट चार्ज गर्दा घण्टाैँ कुर्नुपर्ने समस्या रहेको बताए।
“नबिग्रेको अवस्थामा झण्डै एक घण्टामा पूरै चार्ज हुन्थ्यो, अहिले २० मिनेटमा गाडी जम्मा ६ प्रतिशत चार्ज भएको छ”, उनले भने, “अहिले त दुई तीन घण्टा कुर्नुपर्छ।” उनले सरकारले विद्युतीय सवारीसाधन प्रयोगमा जोड दिए पनि थप चार्जिङ स्टेसन निर्माण र बिग्रेका स्टेसनको समयमै निर्माण गर्ने कुरामा ध्यान नदिएको गुनासो गरे। उनले धेरै चार्जिङ स्टेसन नहुँदा भएका स्टेसनमा धेरै समय लाइन लागेर मात्रै चार्ज गर्न पाइने गरेको बताए।
चार्जिङ स्टेसन निर्माणको जिम्मा पाएको दिगोका आयोजना व्यवस्थापक शिव अधिकारीले चार्जिङ गर्ने नोजल फुटेका कारण समस्या भएको बताए। उनले चार्जिङ स्टेसनमा फेर्नुपर्ने सामान मगाइसकेको र एक दुई दिनमै आउने जनाए।
“भन्सारमा सामान आएको हप्तादिन भयो”, उनले भने, “सम्भवत: आज भन्सार छुटेर सामान काठमाडौँ आइपुग्छ।” उनले एक दुई दिनमा प्राविधिक टोली पठाएर मर्मतको काम गरिने बताए।
आयोजना व्यवस्थापक अधिकारीका अनुसार नेपाल विद्युत् प्राधिकरणमार्फत देशभर ६२ चार्जिङ स्टेसन निर्माण गरिएको छ। केही स्टेसनमा समस्या देखिएको छ। देशभर चार्जिङ स्टेसनका १५३ मध्ये २० मा समस्या देखिएको उनको भनाइ छ। उनले सबै स्टेसनमा बिग्रिएको मर्मत तत्काल शुरू गरिने पनि बताए।
सेवाग्राहीले सावधानी नअपनाउँदा समस्या आउने गरेकाले सवारीसाधन चार्जका विषयमा उपभोक्तालाई धेरै कुरा जानकारी गराउनुपर्ने उनी बताउँछन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
