भारतबाट फर्किएकामा कोरोना संक्रमण

कैलालीको गाैरीफन्टा नाका भएर भारतबाट फर्किएका १० जनामा कोरोना संक्रमण देखिएको छ।

काठमाडाैँ– भारतका विभिन्न शहरबाट घर फर्किएका नेपालीमा कोरोना संक्रमण देखिन थालेको छ। भारतमा नयाँ भेरिएन्ट जेएन वान देखिन थालेपछि नेपाल–भारत सीमा नाकामा कोरोना परीक्षण अनीवार्य गरिएको छ।

हालसम्म भारतबाट फर्किएका १० जनामा कोरोना संक्रमण देखिएको गौरीफन्टा नाकामा रहेको हेल्थ डेस्कका प्रमुख गणेश साउदले बताए। “भारतबाट आउनेहरूमा कोरोना संक्रमण छ/छैन जाँच्न एन्टिजेन परीक्षण गरिरहेका छौँ,” उनले भने, “अहिलेसम्म १० जनामा एन्टिजेन पोजेटिभ देखिएको छ।”

हेल्थ डेस्कका प्रमुख साउदका अनुसार कोरोना संक्रमितलाई घरमै एकान्तबास (होम आइसोलेसन)मा बस्न सुझाव दिइएको छ। भारतमा अहिले जेएन-१ भेरियन्टको कोरोना फैलिरहेको छ। गौरीफन्टा नाका भएर भारतका विभिन्न स्थानबाट दैनिक सयौँ नेपाली घर फर्किरहेका छन्।

पोजेटिभ देखिएकाहरूको कोरोनाको ‘भेरिएन्ट’ यकिनका लागि नमूना संकलन गरेर काठमाडौँ पठाइएको प्रमुख साउदले बताए।

“भेरिएन्ट यकिन गर्न नौ जनाको नमूना काठमाडौँ पठाएका छौँ,” उनले भने, “दुई साता भइसक्यो, त्यसको ‘रिपोर्ट’ आएको छैन।”

कञ्चनपुरको गड्डाचौकी नाका प्रयोग गरेर घर फर्किँदै गरेका नेपालीमा भने हालसम्म कोरोना संक्रमण पुष्टि नभएको जिल्ला स्वास्थ्य कार्यालय कञ्चनपुरले जनाएको छ। यसरी बनाइएकालाई उनीहरूले पहिले आफूले राख्ने र त्यसपछि फिर्ता पठाउने गरेको उनले बताए।