उनले कृषि क्षेत्रलाई समेत समेटेर बनाइएको सहकारी ऐन, २०७४ पछि पनि कृषिमा कुनै प्रभाव नपरेको बताए।
काठमाडाैँ– प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले कृषिलाई आधुनिक ढंगबाट अघि बढाइ उत्पादन वृद्धि गर्नुपर्ने आवश्यकता औँल्याएका छन्।
सोमबार काठमाडौँमा आयोजित नेपाल कृषि सहकारी केन्द्रीय संघ लिमिटेडको १६औँ साधारणसभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। उनले केही वर्ष अघिसम्म नेपाल कृषिमा आत्मनिर्भर रहेको भए पनि पछिल्लो समय कृषिमा परनिर्भर बन्दै गइरहेको बताए। उनले व्यक्तिले मात्रै कृषि क्षेत्रको उपार्जन गर्ने र उत्पादकत्व वृद्धि गर्ने कुरा सम्भव नरहेकाले सबै मिलेर कृषिमा आत्मनिर्भर बन्नुपर्ने बताएका हुन्।
उनले कृषि क्षेत्रलाई राज्यले दिनुपर्ने प्राथमिकता र कृषि क्षेत्रलाई समेत समेटेर बनाइएको सहकारी ऐन, २०७४ पछि पनि कृषिमा कुनै प्रभाव नपरेको बताए। उनले सहकारी क्षेत्र बचत तथा ऋणको कारोबार गर्ने किसिमको मात्रै हुन नहुने जिकिर गरे। उनले कृषिलाई आधुनिक ढंगबाट अघि लैजान तथा त्यसको बजारीकरणका लागि सहकारी क्षेत्रको महत्त्व हुने बताएका छन्।
"सहकारीले किसान र कृषि क्षेत्रलाई समेट्ने गरेर जति ध्यान दिनुपर्दथ्यो, त्यसमा ध्यान पुगिरहेको छैन। सहकारीले बचत तथा ऋणको कारोबार गर्ने खालको काम मात्रै भइरहेको गुनासो सुनेको छु," उनले भने, "कृषिलाई आधुनिक ढंगबाट अघि लैजाने, बाँझो जमिनलाई उर्वर बनाउने, उत्पादनको बजारीकरण कसरी गर्ने र सम्भव भएसम्म यान्त्रीकरणबाट अघि बढ्ने र धेरै सहकारीको माध्यमबाट दूरदराजमा पनि निजी क्षेत्र नपुगेका ठाउँमा पनि सेवाको हिसावबाट काम गर्नुपर्छ।"
सभामुख घिमिरेले सरकारले किसानहरूलाई आफ्नो नीतिअन्तर्गत समेट्नलाई तीन खम्बे अर्थनीति लिएर सहकारीको माध्यमबाट, राज्यले लगानी गर्ने र निजी क्षेत्रलाई पनि समावेश गर्ने सिद्धान्त अपनाएर प्रभावकारी रूपमा काम गर्दै जानुपर्ने बताए। यस्तै, सहकारी आन्दोलनलाई प्रभावकारी ढंगबाट अघि लैजान र छरिएर रहेका किसान, साना किसानहरूलाई एक ठाउँमा ल्याई काम गर्नसमेत आग्रह गरे।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
