सोमबार चार अर्ब ६७ करोड ५२ लाख रुपैयाँ बराबरको कारोबार भएको छ। चार वटा कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ।
काठमाडौँ– नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा ३६.५७ अंकको सुधार देखिएको छ। सोमबार नेप्से परिसूचक १.८० प्रतिशतले बढेर २०५९.४९ को बिन्दुमा कायम भएको छ।
सोमबार ३०९ कम्पनीको एक करोड ३७ लाख नौ हजार २७६ कित्ता शेयर ९९ हजार ५२४ पटक खरिद बिक्री हुँदा चार अर्ब ६७ करोड ५२ लाख २४ हजार ९०६ रुपैयाँ बराबरको कारोबार भएको छ। म्युचुअल फन्ड ०.०१ प्रतिशतले घटेको छ भने अरू सबै समूहको उपसूचक बढेको छ।
सबैभन्दा बढी जीवन बीमा समूह ३.७२ र अन्य समूह २.५७ प्रतिशतले बढेको छ। सोमबार चार वटा कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ। सिंगटी हाइड्रो इनर्जी लिमिटेड, मोदी इनर्जी लिमिटेड, त्रिशूली जलविद्युत् कम्पनी लिमिटेड र मुक्तिनाथ कृषि कम्पनी लिमिटेडको शेयर मूल्यमा १० प्रतिशतको वृद्धि देखिएको हो।
सबैभन्दा बढी गुमाउनेमा नारायणी डेभलपमेन्ट बैंक लिमिटेडको शेयर मूल्यमा ५.४६ प्रतिशतको गिरावट देखिएको छ। कारोबार रकमका आधारका सोमबार सबैभन्दा धेरै सोनापुर मिनरल्स एन्ड आयल लिमिटेडको २१ करोड ८४ लाख ८२ हजार ८८० रुपैयाँ बराबरको कारोबार भएको छ। कारोबार भएका शेयर संख्याका आधारमा भने सबैभन्दा धेरै नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडको पाँच लाख २६ हजार ३९३ कित्ता शेयर किनबेच भएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
