आयोगका अनुसार राष्ट्रियसभा निर्वाचनका लागि महिला समूहतर्फ १८, दलित समूहतर्फ पाँच, अपाङ्गता भएका व्यक्ति वा अल्पसङ्ख्यक समुदायतर्फ आठ र अन्य समूहतर्फ २१ गरी ५२ जनाको उम्मेदवारी दर्ता भएको छ।
काठमाडौँ– राष्ट्रियसभा सदस्य निर्वाचनका लागि मनोनयन पत्र दर्ता सम्पन्न भएको छ। माघ ११ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनका लागि सात वटै प्रदेशको निर्वाचन अधिकृतको कार्यालयमा सोमबार उम्मेदवारको मनोनयन पत्र दर्ता भएको हो। आयोगले सोमबार बिहान १० बजेदेखि अपराह्न ३ बजेसम्म मनोनयन दर्ताको समय तोकिएको थियो।
आयोगका सहसचिव एवं प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार सातै प्रदेशमा महिला समूहतर्फ १८, दलित समूहतर्फ पाँच, अपाङ्गता भएका व्यक्ति वा अल्पसङ्ख्यक समुदायतर्फ आठ र अन्य समूहतर्फ २१ गरी ५२ उम्मेदवारको मनोनयन दर्ता भएको छ। राष्ट्रियसभामा रिक्त रहेका १९ सिटका लागि माघ ११ गते निर्वाचन हुन लागेको हो।
आयोगका अनुसार कोशी प्रदेशमा महिलातर्फ दुई र अन्य समूहतर्फ तीन गरी पाँच उम्मेदवारको मनोनयन दर्ता भएको छ। मधेश प्रदेशमा महिलातर्फ दुई र अन्य समूहका लागि तीन गरी पाँच उम्मेदवारको मनोनयन दर्ता भएको आयोगले जनाएको छ।
बागमती प्रदेशमा महिलातर्फ चार, दलित समूहका लागि तीन, अपाङ्गता भएका व्यक्ति वा अल्पसङ्ख्यक समुदायका लागि चार र अन्य समूहका लागि चार गरी १५ उम्मेदवारले मनोनयन दर्ता गराएका छन्।
गण्डकी प्रदेशमा महिला र अन्य समूहतर्फ तीन/तीन र अपाङ्गता भएका व्यक्ति वा अल्पसङ्ख्यक समुदायका लागि दुई गरी आठ उम्मेदवारको मनोनयन दर्ता भएको छ। लुम्बिनी प्रदेशमा महिलातर्फ तीन र अन्य समूहका लागि चार गरी सात जना उम्मेदवारको मनोनयन दर्ता भएको आयोगले जनाएको छ।
आयोगका अनुसार कर्णाली प्रदेशमा महिला, दलित र अन्य समूहका लागि दुई/दुई गरी ६ उम्मेदवारको मनोनयन दर्ता भएको छ। सुदूरपश्चिम प्रदेशमा पनि महिला, अपाङ्गता भएका व्यक्ति वा अल्पसङ्ख्यक समुदाय र अन्य समूहका लागि दुई/दुई गरी ६ उम्मेदवारको मनोनयन दर्ता भएको छ।
आयोगका अनुसार पुस २४ गते उम्मेदवारको विरोधमा उजुरी दिने, पुस २५ र २६ गते मनोनयन पत्र र उजुरीउपर जाँचबुझ गरी नामावली प्रकाशित गर्ने, पुस २७ गते उम्मेदवारले नाम फिर्ता लिने तथा अन्तिम नामावली प्रकाशन गर्ने र पुस २८ गते उम्मेदवारलाई निर्वाचन चिन्ह वितरण हुनेछ।


Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
