नेपाली युवा टोलीले चिनियाँ क्लबसँग मैत्रीपूर्ण फुटबल खेल्ने

चिनियाँ नयाँ वर्षको उपलक्ष्यमा नेपाली राष्ट्रिय युवा टोलीले चिनियाँ फुटबल क्लबसँग मैत्रीपूर्ण फुटबल खेल्ने भएको छ।

काठमाडौँ– चिनियाँ नयाँ वर्षको उपलक्ष्यमा नेपाली राष्ट्रिय युवा टोलीले चीनको छिङहाइ फुटबल क्लबसँग मैत्रीपूर्ण फुटबल खेल्ने भएको छ। 

अखिल नेपाल फुटबल संघ (एन्फा)का अनुसार माघ २७ गते शनिबार नेपाली युवा टोली र किङरघाइ यू२१ टोलीबीच मैत्रीपूर्ण फुटबल खेल हुन लागेको हो।

नेपालस्थित चिनियाँ दूतावास, राष्ट्रिय खेलकुद परिषद्(राखेप) र नेपाल पर्यटन बोर्डको संयुक्त आयोजनामा मैत्रीपूर्ण खेल हुन लागेको एन्फाले जनाएको छ। प्रतियोगिताको सह–आयोजकमा एन्फा र नेपाल ओभरसिज चिनियाँ संघ रहेका छन्।

मैत्रीपूर्ण खेल दिउँसो ३ बजे हुनेछ। आयोजकले साधारणतर्फ ३०० र भीआईपीतर्फ ५०० रुपैयाँ टिकट मूल्य तोकेको छ।