कांग्रेसको समानुपातिक सूचीमा नेता पत्नीदेखि व्यापारीसम्म

नेपाली कांग्रेसले निर्वाचन आयोगमा बुझाएको समानुपातिकको बन्दसूचीमा आरजु देउवा राणा, मञ्जु खाणदेखि व्यापारीसम्म अटाएका छन्।

काठमाडौं- नेपाली कांग्रेसले निर्वाचन आयोगमा बुझाएको समानुपातिक बन्दसूचीमा शीर्ष नेता, नेताका पत्नीदेखि व्यापारीसम्म अटाएका छन्। सभापति शेरबहादुर देउवाले अधिकांश आफूनिकट नेताहरूको नाम राखेर सूची पेश गरेका छन्।

निर्वाचन आयोगमा बुझाएको बन्दसूचीको पहिलो नम्बरमा विमलेन्द्र निधीको नाम छ। उनी पूर्वउपसभापति तथा १४औँ महाधिवेशनमा सभापतिका प्रत्यासी थिए। दोस्रो चरणको मतदानमा देउवालाई समर्थन गरेका थिए।

सूचीमा पार्टी प्रवक्ता डा. प्रकाशशरण महतको नाम पनि प्राथमिकताका साथ समेटिएको छ। उनी चौँथो नम्बरमा छन्। प्रधानमन्त्री तथा पार्टी सभापती देउवा पत्नी आरजु राणा आठौँ नम्बरमा छिन्। त्यस्तै, कांग्रेस नेता एवं गृहमन्त्री बालकृष्ण खाणकी पत्नी मज्जु पनि सूचीमा अटाएकी छिन्। उनको नाम नौ नम्बरमा रहेको छ।

पूर्वउपसभापति गोपालमान श्रेष्ठ, वर्तमान सहमहामन्त्रीद्वय फलमुल्लाह मन्सुरी र जीवन परिवारको नाम पनि बन्दसूचीमा छ। सूचीको एकदेखि तीन नम्बरसम्म क्रमशः विमलेन्द्र, फरमुल्लाह र परियारको नाम छ।

त्यस्तै, पूर्वराष्ट्रपति रामवरण यादवका छोरा डा. चन्द्रमोहन यादव, प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द परिवार, नेता अर्जुननसिंह केसीका भाइ केदारनरसिंह केसीको नाम पनि समानुपातिकको बन्दसूचीमा छ।

कांग्रेसको समानुपातिक सूचीमा व्यापारीहरू पनि हटाएका छन्। अनिल रुँगटा, नेपालगञ्ज मेडिकल सञ्चालक सुरेशकुमार कटोडिया र गण्डकी मेडिकल कलेजका सञ्चालक खुमाप्रसाद अर्यालको नाम सूचीमा छ। 

कांग्रेसले ३ असोजमा निर्वाचन आयोगमा समानुपातिकतर्फको बन्दसूची बुझाएको थियो। निर्वाचन आयोगका अनुसार बन्दसूची १६ असोजसम्म सच्याउने सकिने छ।

यता, शेखर कोइराला समूहले संस्थापन पक्षले समानुपातिकतर्फको उम्मेदवारी चयनमा एकलौटी गरेको आरोप लगाएको छ। नेता गुरु घिमिरेले पार्टीमा सबैलाई न्याय हुनेगरी आगामी निर्वाचनको टिकट वितरण नभए आफूहरू विद्रोह गर्न बाध्य हुने चेतावनी दिए।

उनले भने, "पार्टीमा सबैलाई न्याय हुने गरी सभापतिजीले टिकट वितरणमा गरेका निर्णय सच्याउनु भएन भने पार्टीभित्र विद्रोह हुन्छ।"

नेता घिमिरेले समानुपातिकतर्फको सूची सच्याउन पनि पार्टी सभापति देउवालाई दबाब दिने बताए। आफ्नो समूहका पदाधिकारीलाई संस्थापन पक्षले अन्याय गर्दा पनि टुलुटुलु हेरेर बस्ने काम नगर्न पनि उनले‍ सचेत गराए।

कांग्रेसको सामानुपातिकको बन्दसूची
विमलेन्द्र निधि
फरमुल्ला मन्सुर
जीवन परियार
डा. प्रकाशशरण महत
आनन्दप्रसाद ढुंगाना
डा. चन्द्रमोहन यादव
अनिल रुगांटा
डा. आरजु राणा देउवा
मञ्जु खाँण
अम्बिका बस्नेत
प्रतिमा गौतम
रमा कोइराला पौडेल
सरस्वती अर्याल निवारी (महिला)
कान्तिका सैजुवाल
सरस्वती बजीमय
अन्जनी श्रेष्ठ 
लिला खोख्रिम
मीनाकुमारी लामा
सरु लामा
समिता खड्की
गंगा अवाल
सपना राजभण्डारी जोशी
रेनका काउचा मगर 
तीर्थकुमारी गुरुङ
सरस्वती गुरुङ
मनोरमा शेरचन
लालकुमारी राना
सीताकुमारी राना 
मधु जवेगु
गोपालमान श्रेष्ठ
मदनकृष्ण श्रेष्ठ (अपाङ)
टेकप्रसाद गुरुङ
मोहन राई
रोमी गौचन थकाली
कर्माछिरिङ शेर्पा
दीपक लामा
कमोड सुब्बा
सनत मुर्मु
जगतबहादुर तामाङ
देवीराम पुन
सन्दीप राना
केशरमान रोक्का
ललितसिंह बोहरा
टेकबहादुर नाम्जाली मगर
गोविन्द भट्टराई
बालकृष्ण पाण्डे
बसन्त भट्ट
राम भट्टराई
डिल्लीराज कार्की
भरतराज बाग्ले
केदारनरसिंह केसी
भीम थपलिया
दामोदर गौतम
किरण गिरि
सरोज थापा
खुमाप्रसाद अर्याल
किर्तिबहादुर खड्का
जयपति रोकाय
हस्तबहादुर मल्ल 
नरोशबहादुर सिंह
लोकराज अवस्थी
भरतबहादुर स्वाँर
जनकबहादुर बम
मैना रावल कार्की 
सुशील भट्ट मिश्र
विद्यादेवी तिमिल्सिना
रुक्मिणी घिमिरे
मधु शाही
अनिता ढुंगाना शाह
सुशीला उप्रति
लक्ष्मी थापा
उमा दहाल
किरण कोइराला
विमला योगी
कृष्णदेवी गिरी
हरिशरण नेपाली
विन विश्वकर्मा
गोविन्द परियार 
मानबहादुर नेपाली
आशा विक
लोकबहादुर विश्वकर्मा
डम्बर सुनार
रूपा विक
शान्ति परियार
विष्णुमाया परियार
कोपिला विक (महिला)
डा. सुरेशकुमार कनोडिया
रामचन्द्रप्रसाद कोइरी मौर्य
सीता मिजार
मुख्तबहादुर महतो
अब्दुल सत्तार (मुस्लिम)
अलाउद्दिन हुसेन
जावेदा खातुन जागा
योगेन्द्र चौधरी
चुमनारायण तबदार
हरिकृष्ण घोस
खेम डगोरा चौधरी
कल्पना चौधरी
जस्मिन मण्डल
विनाकुमारी थनेत
जीवन राना
रामकुमारी चौधरी
राकृश सिंह
नागिना यादव
मुख्ता यादव
निनु कर्ण
मिनाक्षी झा
रेणु यादव
किरण शर्मा झा