जाम्बियामा गत वर्षको अक्टोबरमा फैलिएको हैजाको महामारीबाट हालसम्म पाँच हजार ४६२ जना संक्रमित भएका छन्।
जाम्बियामा हैजाबाट मृत्यु हुनेको संख्या २२२ जना पुगेको छ।
गत वर्षको अक्टोबरमा फैलिएको हैजाको महामारीबाट हालसम्म कुल पाँच हजार ४६२ जना संक्रमित भएका छन्।
पछिल्लो २४ घण्टामा ५६७ जना नयाँ संक्रमित थपिएको र २७ को मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार सोही अवधिमा ३४० जना निको भई घर फर्किएका छन्।
संक्रमितमध्ये अस्पताल भर्ना हुन बाँकीको संख्या एक हजार ५९ छ। मन्त्रालयको दैनिक अपडेटअनुसार हैजा देशका १० प्रदेशमध्ये सात प्रदेशका ३१ जिल्लामा फैलिइसकेको छ। हैजाबाट राजधानी लुसाका सबैभन्दा बढी प्रभावित भएको छ।
मन्त्रालयले चीनद्वारा निर्मित नेसनल हिरोज स्टेडियमलाई हैजा उपचार केन्द्रको रूपमा तोकेको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
