म्याग्दीलाई हिउँदे आलुमा आत्मनिर्भर बनाउन चालु आर्थिक वर्ष ८०० रोपनीभन्दा बढी जमिनमा खेती गरिएको छ।
बेनी– बेनी नगरपालिका–४ सिंगा ठूलोखोलाका ३६ घरधुरीले व्यावसायिक आलुखेती गरेका छन्। परम्परागत रूपमा खाद्य बाली लगाउँदै आएका उनीहरू यस वर्ष हिउँदयाममा सामूहिक खेतीमा जुटेका हुन्।
ठूलोखोला महिला कृषक समूहका अध्यक्ष जुना खत्रीले १०० रोपनी बढी खेतबारीमा आलु लगाएको बताइन्। “अहिले आलु गोडमेल गरिरहेका छौँ। माघमा खनेर बजार पठाउने तयारी छ,” उनले भनिन्, “बोट राम्रो भएकाले फल पनि राम्रो हुने आशा गरेका छौँ।” सिंगाको डाँडाखेत, फुर्केसल्ला, राक्सेलगायतका बस्तीमा हिउँदे आलुको व्यावसायिक खेती गरिएको छ।
जिल्लालाई आलुमा आत्मनिर्भर बनाउन चालु आर्थिक वर्षमा ८०० रोपनीभन्दा बढी जमिनमा हिउँदे आलुखेती गरिएको छ। यसमा कृषि ज्ञान केन्द्र म्याग्दीले किसानलाई सहयोग गरेको छ।
यहाँका किसान विगतमा गहुँ, जौँलगायत खाद्यबाली लगाउँथे। यस वर्ष व्यावसायिक रूपमा लगाएको ठूलोखोकी अगुवा किसान मैना खड्काले बताए। खायन आलु उत्पादन प्रवर्द्धन कार्यक्रमअन्तर्गत किसानले अनुदान पनि पाएका छन्।
हिउँदमा आलुको आयात घटाउने र आत्मनिर्भर गराउने लक्ष्यअनुसार कार्यक्रम सञ्चालन गरिएको कृषि ज्ञान केन्द्रका प्रमख सञ्जीव बाँस्तोलाले बताए। “अहिलेसम्म हिउँदको समयमा बाहिरका जिल्ला र भारतबाट समेत जिल्लामा आलु आयात हुँदै आएको छ। खायन आलु प्रवर्द्धन कार्यक्रमबाट अब हिउँदे आलुमा म्याग्दी आत्मनिर्भरोन्मुख बन्ने देखिएको छ,” उनले भने।
जिल्लामा थप एक हजार रोपनीमा बर्खे आलुखेती विस्तार गर्ने योजना छ। गण्डकी प्रदेशको कृषि तथा सहकारी मन्त्रालयले म्याग्दीमा आलुको संरक्षण तथा विस्तारका लागि चालु आर्थिक वर्षमा तीन करोड रुपैयाँ विनियोजन गरेको थियो। उक्त बजेटबाट कार्यालयले कार्यक्रममा समावेश हुन आएका किसान समूह र सहकारीलाई आलुको बीउ र उपकरण खरिदमा प्रतिरोपनी १० हजारका दरले अनुदान दिएको कार्यालयले जनाएको छ।
कार्यालयबाट हिउँदे आलुमा बेनी नगरपालिका, मंगला, मालिका र धवलागिरि गाउँपालिकाका किसानले अनुदान पाएका छन्। बर्खे आलुमा रघुगंगा र अन्नपूर्ण गाउँपालिका समेटिने कार्यालयले जनाएको छ।
म्याग्दीमा हाल स्थानीय सेतो, रातो जातको आलु लगाउने चलन भए पनि हिउँदे आलुको बीउ बाहिरबाट बढी ल्याउने गरेका छन्। बीउ आलुमा जिल्लालाई आत्मनिर्भर बनाउने उद्देश्यले यस वर्ष २० रोपनीमा बीउ आलु उत्पादन प्रवर्द्धन कार्यक्रम सञ्चालन भएको छ।
अघिल्लो वर्षको तुलनामा जिल्लामा ६.३६ प्रतिशतले आलु उत्पादन बढेको छ। गत वर्ष जिल्लाभर एक हजार ६५० हेक्टर क्षेत्रफलमा आलुखेती भएको थियो। २५ हजार ४१० मेट्रिक टन आलु उत्पादन भएको थियो।
अन्नपूर्ण गाउँपालिको शिख, घार, राम्चे, हिस्तान, रघुगंगाको पाखापानी, ठाडाखानी, चिमखोला, कुइनेमंगले, हिँदी, झाँक्रीपानी, किमचौर, टोड्के, मालिकाको बिम, दिच्याम, धवलागिरिको गुर्जा, मरेनी, बेनीको सिंगा, भकिम्ली, डडुवा, आलु उत्पादन हुने ठाउँ हुन्।
वार्षिक छ करोडभन्दा बढी मूल्यको बर्खे आलु बाहिरी जिल्लामा पठाइने गरिएको कृषि ज्ञान केन्द्रको तथ्यांक छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
