नेपालको यू१९ टोलीले स्कटल्यान्डलाई १३५ रनले हराएको छ। नेपालका गुलशन झाले ११५ बलमा ११४ रन बताए।
काठमाडौँ– यू१९ क्रिकेट अभ्यास खेलमा नेपालले स्कटल्यान्डलाई १३५ रनले हराएको छ।
अलराउन्डर गुलशन झाको शतकमा नेपालले फराकिलो जित दर्ता गरेको हो। दक्षिण अफ्रिकामा जितको लागि २८५ रनको विजयी लक्ष्य पछ्याएको स्कटल्यान्ड ४३.२ ओभरमा १४९ रनमा अलआउट भयो।
स्कटल्यान्डका उजैर अहमदले २८ र खानले २४ रन बनाए। नेपालका तिलक राजभण्डारीले ३ र आकाश चन्दले २ विकेट लिए।
त्यसअघि नेपाल ४९.२ ओभरमा २८४ रनमा अल आउट भएको थियो। गुलशनले ११५ बलमा ११४ रनको शतकिय इनिङ्स खेले। दीपक बोहरा ५४ बलमा ५८ रनमा अविजित रहे।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
