४७ किलो चाँदीसहित ३ जना पक्राउ

बाराको कलैया–१० का ५० वर्षीय कामेश्वर शाह, बिश्रामपुर–५ का २० वर्षीय मनिष सरार्फ र पर्साको वीरगन्ज–३ का ३२ वर्षीय सुमनकुमार सरार्फलाई काठमाडौँको कोटेश्वर र भोटेबहालबाट पक्राउ गरिएको हो।

काठमाडौँ– काठमाडौँका विभिन्न स्थानबाट प्रहरीले ४७ किलो चाँदीसहित ३ जनालाई पक्राउ गरेको छ। 

पक्राउ पर्नेमा बाराको कलैया–१० का ५० वर्षीय कामेश्वर शाह, बिश्रामपुर–५ का २० वर्षीय मनिष सरार्फ र पर्साको वीरगन्ज–३ का ३२ वर्षीय सुमनकुमार सरार्फ छन्। 

उनीहरूलाई भोटेबहाल, कोटेश्वरलगायत स्थानमा बिल–बिजक बिना चाँदीका गरगहना भण्डार गरी बिक्री गर्ने गरेको भन्ने गोप्य सूचनाको आधारमा पक्राउ गरिएको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ। 

उनीहरूलाई राजस्व छली सम्बन्धी कसुरमा थप अनुसन्धान तथा कारबाहीको लागि राजस्व अनुसन्धान विभाग पठाइएको प्रहरीले जनाएको छ।