कैलाली–३ मा नागरिक उन्मुक्तिको शुरूआती अग्रता

केलाली– ३ मा नागरिक उन्मुक्ति पार्टीका गंगाराम चौधरीले ६०० मतसहित अग्रता लिएका छन्।

काठमाडौँ– प्रतिनिधिसभा निर्वाचनअन्तर्गत कैलाली–३ मा नागरिक उन्मुक्ति पार्टीले शुरूआती अग्रता लिएको छ।

नागरिक उन्मुक्ति पार्टीका गंगाराम चौधरीले ६०० मतसहित अग्रता लिएका हुन्। उनलाई वाम लोकतान्त्रिक गठबन्धनका तर्फबाट उम्मेदवारी दिएका नेकपा माओवादीका कृष्णकुमार चौधरी ४५० मतसहित पछ्याइरहेका छन्।

राप्रपाका वीरेन्द्रबहादुर बम ४०० मतसहित तेस्रो स्थानमा रहँदा एमालेका गौरीशंकर चौधरीले २५० मत प्राप्त गरका छन्। यहाँ अहिले मतगणना जारी छ।